Clean Water Campaign

Awareness Campaign

दलित साझा मञ्च मुसिकोट नगर समिति घोषणा



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Awareness

Place for ads

– दिप्सन परियार 
मुसिकोट, चैत्र १९: गुल्मीको मुसिकोट नगरपालिकाका दलित समुदाय राजनीति भन्दा माथि उठेर दलित समुदाय भित्रको बढ्दो गरिबी, बेरोजगारी, परम्परागत पेशाबाट पलायन हुनुपरेको प्रति चिन्ता व्यक्त गर्दै आफ्नो समुदायको हकहितका लागि एकताको प्रयास स्वरुप दलित साझा मञ्च नगर समिति गठन गरिएको छ।

मुसिकोट नगरपालिकाका ९ वटै वडाका दलित समुदायका जनप्रतिनिधि र अगुवाहरुको मङ्गलबार बसेको भेलाले दलित साझा मञ्च मुसिकोट नगर समिति गठन गरेको हो।

सिंचाई
Forest
Ad.

लामो समयदेखि गुल्मीमा दलित अधिकारकर्मीका रुपमा सक्रिय हुँदै आएका मुम बहादुर परियारको संयोजकत्वमा ५१ सदस्यीय दलित साझा मञ्च मुसिकोट नगर समिति गठन गरिएको छ। समितिले जेठ २१ गते अन्तर्राष्ट्रिय छुवाछुत तथा जातिय भेदभाव उन्मूलन दिवसको अवसरमा दलित साझा मञ्च मुसिकोटले बृहत कार्यक्रम गर्ने घोषणा गरेको दलित अगुवा चन्द्र रसाइलीले जानकारी दिए।‌

संयोजक मुम बहादुर परियार

समितिको घोषणा दलित अगुवा प्रकाश बरालले एकता प्रयास सह्रानीय भएको बताएका थिए। कार्यक्रममा दलित साझा मञ्च, मुसिकोटका संयोजक मुम बहादुर परियारले दलित समुदायभित्रको विभेदलाई समाप्त गर्ने र २१ औँ शताब्दिमा समाजलाई नयाँ सोचको साथ अगाडी बढ्नु पर्ने बेला आएकोले राजनैतिक सोच भन्दा माथि उठ्न दलित समुदाय सङ्ग अपिल गरेका थिए।

कार्यक्रममा परियार उत्थान मञ्चका सचिव अर्जुन परियार, मुसिकोट नगरपालिकाका ९ वटै वडाका निर्वाचित दलित महिला सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। उनिहरु वडा संयोजकको भुमिकामा रहेर दलित समुदायको हकहितमा जुट्ने भएका छन।

‘दलित सबै एक होऔँ।’ भन्ने मूल नारासहित दलित साझा मञ्च मुसिकोट गठन गरिएको आयोजकको भनाई छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो