Hi-Speed Computer

Awareness Campaign

तम्घासमा हुने भनिएको महोत्सवको विरोधमा किन उत्रिए तम्घासका फेन्सी व्यवसायी



प्रेम सुनार
२ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासका व्यापारीहरुले विभिन्न संघ संस्थाहरुले गर्दै आएको महोत्सवलाई स्वयम आयोजक संस्था र सिमित व्यक्तिहरुले कमाउ धन्दा गरेको आरोप लगाउँदै महोत्सवहरु बन्द गर्न सम्बन्धित निकाय संग माग गरेका छन।

चेम्बर अफ कमर्श गुल्मीले यहि चैत्र २९ गते देखि बैशाख १३ गते सम्म दोश्रो गुल्मी दोश्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन एवं व्यापार औद्योगिक मेला गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराए लगत्तै तम्घासका विशेषतः फेन्सी व्यापारीहरुले उक्त महोत्सव बन्द गर्न जिल्ला प्रशासन र रेसुङ्गा नगरपालिका संग माग गरेका हुन।

ति व्यापारीहरुको असहमति रहेको बुझे पछि आयोजक चेम्बर अफ कमर्शले स्विकृती माग्न जाँदा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पहिले ति व्यवसायी संग सहमति जुटाएर आउनुस तब मात्र स्विकृत गराउला भनेर पठाएको तर आयोजक चेम्बर अफ कमर्शले नगरपालिकाको उक्त सुझावलाई चुनौती दिँदै पत्रकार सम्मेलन गरेर तम्घासको नुनथला भन्ने स्थानमा महोत्सव गर्ने भन्दै केहि दिन अघि पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।

Forest
Forest
Ad.

स्थानीय सरकारको स्विकृती नलिई गरिने भनिएको महोत्सव रोक्न संघको अगुवाईमा तम्घास बजारका विभिन्न व्यवसाय गर्ने व्यापारीहरु सुरुमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको कार्यकक्षमा ज्ञापन पत्र बुझाउन गएका थिए। प्रमुख जिल्ला अधिकारी गौतमले शान्ति सुरक्षामा दखल पुग्ने भए मात्रै जिल्ला प्रशासन गम्भीर हुने तर महोत्सव जस्ता विषयमा आफुले रोक्न नमिल्ने, यो अधिकार स्थानीय सरकारको हो भन्दै उक्त माग पत्र बुझे पनि त्यहाँ पुगेका फेन्सी तथा कपडा व्यवसायी समिति गुल्मीका व्यवसायीहरुलाई रेसुङ्गा नगरपालिकामै जान सुझाव दिनु भएको थियो।

रेसुङ्गा नगरपालिकामा पुग्दा मेयर खिलध्वज पन्थी काठमाण्डौ गएका कारण प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली लगायतका कर्मचारीहरुले उप प्रमुख अमृतादेवि कुँवरलाई जानकारी गराई उनिहरुको माग पत्र बुझाउने कार्यमा सहजिकरण गरेका थिए। उक्त कार्यक्रममा फेन्सी तथा कपडा व्यवसायी समितिका अध्यक्ष अर्जुन कार्कीले स्थानीय व्यापार व्यवसायलाई धरासायी बनाउने र जिल्ला भित्रको पैसा बाहिर पठाउने यस्ता महोत्सव रोक्न माग गर्नु भएको थियो।

गुल्मी जिल्लामा व्यापार व्यवसायीहरुको छाता संस्थाका रुपमा गुल्मी उद्योग वाणिज्य संघ चिनिदै आईरहेको अवस्थामा उक्त संघ नेपाली कांग्रेस निकट व्यवसायीहरुको एक छत्र राज चलेको आरोप लगाउँदै विशेषतः नेकपा एमाले निकट व्यवसायीहरुको अगुवाईमा चेम्बर अफ कर्मश गठन गरिएको थियो। जबकि चेम्बर अर्फ कमर्शका वर्तमान अध्यक्ष नै गुल्मी उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष हुनुहुन्छ।

अहिले सम्म गुल्मीको सदरमुकाममा मात्रै थुप्रै पटक महोत्सवहरु भए। तर यसरी तम्घासका व्यापारीहरुले यस अघि महोत्सव गरिनु हुँदैन भनेर सरकारी निकाय सम्म यति ठुलो मात्रमा पुगेका थिएनन। यो दृष्टिले हेर्दा कतै राजनैतिक प्रतिशोध त होईन? भन्ने सवाल उठाउनेहरु पनि छन। तर नेकपा एमालेकै जिल्ला कमिटी सदस्य रहेका त्यस समितिका सचिव सागिर मिया गर्न लागिएको महोत्सव विरुद्ध अरु भन्दा बढि आक्रोशित देखिनु हुन्थ्यो। यसरी गरिने महोत्सवहरुबाट संकलित रकमबाट आयोजक संस्थाका सिमित मानिसहरु विदेश घुम्न गएका नजिरहरु सुनाउँदै महोत्सव स्थानीयवासीको हितमा नभई आयोजक संस्था र त्यसका सिमित व्यक्तिहरुको कमाई खाने नौटङ्की भएको आरोप लगाउँदै यस्ता महोत्सव रोक्नु पर्ने उहाँको माग थियो।

Awareness by SKF

जवाफमा उपमेयर अमृतादेवि कुँवरले यस अघि पनि नगरपालिकाले सहमति बनाएर आउनुस र मात्रै स्विकृत दिउँला भनेको कुरा दोहोर्याउँदै मेयर खिलध्वज पन्थी काठमाण्डौबाट आएर मात्रै उनिहरुको माग बारे सुनुवाई हुने बताउनु भएको थियो।

महोत्सव राख्न स्विकृती दिन आनाकानी गरेको रेसुङ्गा नगरापलिकालाई र महोत्सव रोक्नु माग गर्ने यी व्यवसायीहरुको यो नजिरले एउटा प्रश्न चिन्ह भने पक्कै खडा गरेको छ र चुनौती पनि दिएको छ। आगामी दिनमा गुल्मी उद्योग वाणिज्य संघ वा अन्य संस्थाले महोत्सव गर्छु भनेर जाँदा त्यस नगरपालिकाले यसरी नै स्विकृति माग पत्रलाई थाँती राख्नेकि नराख्ने र यी व्यवसायीहरुले पनि भोलीका दिनमा महोत्सवहरु रोक्नु पर्छ भन्ने मागको आवाज उठाउने कि नउठाउने? यस्तो प्रश्न र चुनौती खडा भएको हो। हामी क्रमशः आयोजक र सरोकारवाला निकाय संगको प्रतिकृया वा धारणा लिने नै छौँ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →