Clean Water Campaign

Awareness Campaign

गुल्मीमा बाँदर धपाउन राखिएको करेन्ट लागेर महिलाको मृत्यु



अनिल खत्री
५ महिना अगाडि


Awareness

Place for ads

१३ चैत, गुल्मी: गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको गुल्मी प्रहरीले जनाएको छ ।

मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् ।

सिंचाई
Forest
Ad.

करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ। -अनलाइन खबर 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो