नवलपरासी (पश्चिम), चैत्र १२: आज बिहान पश्चिम नवलपरासीमा यात्रु वाहक बस, स्कुल बस र एक मोटरसाईकल समेत एक आपसमा ठोक्कीदा दुबै बसमा गरी १५ जना घाईते भएका छन।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रबक्ता डिएसपी देवदत्त पन्थका अनुसार बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १५७४ नम्बरको बस र वर्दघाट नगरपालिका १२ भुताहस्थित ग्लोवल एकेडेमी ( स्कुल ) को लु १ ख ८७० नम्बरको बस र सुस्ता गाउँपालिकाकाका प्राविधिक बिरेन्द्रमण्डल सवार बा २ ब ६५४९ नम्बरको सरकारी मोटरसाईकल चिसापानी सामुदायिक अस्पताल अगाडीको एक आपसमा ठोकिदा दुबै बसका १५ जना घाईते भएका हुन ।
डिएसपी पाण्डले भने–‘ घटना विहान ९.४५ बजेतिरको हो । पश्चिम तर्फबाट आईरहेको उक्त यात्रु वाहक बस र रोकेर बिद्यार्थी चढाउन लागिरहेको स्कुल बस संगै उक्त मोटरसाईकल एक आपसमा ठोक्किदा स्कुल बसका एक जना चालक र १० जना बिद्यार्थी सहित ११ जना , यात्रु बाहक बसका एक जना चालक र ३ जना यात्रु सहित ४ जना गरी १५ जना घाईते भएको जानकारी प्राप्त भएको छ ।
मोटरसाईकल चालकलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराईए पनि अन्य १५ जनालाई भैरहवा मेडिकल कलेजमा उपचारका लागि पठाईएका छ । मोटरसाईकल सहित तिन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छन । घाईतेको स्वास्थ्य अबस्थाबारे अपडेट गराईदै जाने छ । ’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |