Awareness Campaign

तम्घासमा चैत्र २९ गते देखि महोत्सव गरिने, डेढ लाख दर्शक उतारिने



अमृता सेन्चुरी
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, चैत्र ११: नेपाल चेम्बर अफ कमर्शले गुल्मीको सदरमुकाम तम्घासमा यहि चैत्र २९ गते देखि नयाँ बर्ष २०८२ को बैशाख १३ गते सम्म दोश्रो गुल्मी महोत्सव तथा कृषि , पर्यटन एवं ब्यापार औद्योगिक मेला गर्ने भएकको छ ।

आयोजक चेम्बर अफ कमर्शले ( आज ) सोमबार सदरमुकाममा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । रेसुङ्गा नगरपालिका २ को नुनथला भन्ने स्थानमा गरिने उक्त महोत्सव तथा ब्यापार मेला स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न र रेसुङ्गा नगरपालिका संगको समन्व्यमा सामाजिक कार्य गर्न आयोजना गरिएको चम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष बीरेन्द्र भुसालले देशभर आर्थिक मन्दी आईरहेको बेला सदरमुकाम तम्घासको ब्यापार ब्यवसाय चलायनमान बनाउने र स्थानीय उत्पादन र परिकारको प्रर्बद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

सिंचाई
Forest
Ad.

    ‘गुल्मी जिल्लाको समृद्धिको आधार , कृषि , पर्यटन , उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको महोत्सवमा लोक तथा दोहरी गित प्रतिष्ठन गुल्मीको समन्व्यमा देशका देशका चर्चित कलाकार त्यसमा पनि गुल्मीबासी कलाकारलाई बिशेष प्राथामिकता दिने आयोजकले बताएको छ ।

त्यस्तै स्थानीय मौलिक कला सास्कृतिलाई प्रोत्साहित गर्न सरायँ नाच , कालिका नाँच महोत्सवमा प्रदर्शनमा प्रदर्शन गरिने भएको छ । त्यस्तै स्थानीय परिकार उखुको रस, गुण , खुदो , भार्सेको कोदो र फापरको सेल रोटी, विभिन्न जातजातीका परिकारको पनि प्रदर्शनी र ब्यापार गरिने भएको छ । मेलामा बाल उद्यान लगायतका खेलकुद र मनोरञ्जन स्थल पनि राखिने छ । चेम्बर अफ कमर्शका महासचिव यज्ञप्रसाद पन्थीको संयोजकत्वमा सचिवालय गठन गर्दै विभिन्न १७ वटा उपसमिति गठन गरिने समितिका सचिव सुर्यप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यक्रमका प्रमुुख अतिथी रेसुङ्गा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष रामप्रसाद पन्थीले महोत्सवलाई सामाजिक सञ्जाल मार्फत ब्यापक प्रचार गर्न सबैलाई अपिल गर्दै स्थानीय उत्पादन र ब्यापारलाई चलायमान बनाउन भव्य रुपमा सफल होस भन्ने शुभकामना दिएका थिए ।

रेसङ्गा नगरपालिका कार्यपालिका सदस्य सिता बिश्वकर्मा , नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल खत्री लगायतको बिशेष आतिथ्यता रहेको थियो । आम दर्शकलाई टिकट शुल्क जम्मा सय रुपैयाँ राखिए पनि ५ बर्ष मुनीका बालबालिका र ७० बर्ष माथीको जेष्ठ नागरिक तथा अपङ्गता भएका ब्यक्तिहरुलाई आयोजकले निशुल्क टिकट उपलब्ध गराईने भएको छ । त्यस्तै बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईने आयोजकले जनाएको छ । करिव डेढ लाख दर्शक उतार्ने र झण्डै ३० करोडको कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Awareness by SKF

चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सुर्यप्रसाद घिमिरेको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

अमृता सेन्चुरी को बारेमा

गुल्मीकी सक्रिय पत्रकार हुन।

अमृता सेन्चुरी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →