Smoking Causes Cancer

दाङको प्लाई उद्योग आगलागीबाट क्षतिग्रस्त, चारैतिरको वस्ती जोखिममा



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

दाङ, चैत्र ११: आज बिहान करिब २ बजेको समय देखि दाङमा रहेको एक प्लाई उद्योगमा आगलागी हुँदा उक्त उद्योग क्षतिग्रस्त बनेको छ। दाङको घोराही उपमहानरगापालिका-९ स्थित संग्रिला प्लाई उद्योगमा आगलागी हुँदा क्षतिग्रस्त बनेको हो ।

त्यो संगै चारैतिरको वस्ती वस्ती उच्च जोखिमा परेको बताईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उक्त उद्योग जलेर लगभग पुर्णरुपमा क्षति भएको बताए । ‘ विहान करिव २ बजे देखि सुरु भएको आगलागी नियन्त्रणमा आई सकेको छैन,– प्रमुख जिल्ला अधिकारी लम्सालले भने –‘त्यसको चारैतिरको वस्ती जोखिमा रहेकोले हामीले सुरक्षाकर्मी तैनाथ गरी सुरक्षित स्थानमा सार्न थालेका छौं ।’ उनका अनुसार चारैतिरको वस्तीमा २५ देखि ३० घर परिवारको बसोबास छ।

उनले आगो नियन्त्रणमा दाङ जिल्ला भित्रका मात्रै नभई छिमेकी रुपन्देही, बाँके जिल्ला सम्मका दमकलहरु झिकाईएको बताए। आगो नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक परिचालन गरिएको प्रजिअ लम्सालले जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो