Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको होल्बाङ होमस्टे: गाउँकै कृषि उपजबाट ६२ परिकार



टोपलाल अर्याल
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: मदाने गाउँपालिका-२, बाँझकटेरी होल्बाङकी ५१ वर्षीय हुमकला थापा होमस्टे सञ्चालक हो। थापाकोमा सिस्नोको लिटो, मकै र कोदोको ढिडोको परिकार लगभग दैनिक पाक्छ । फर्सी र मुला भैसीले खान्छन् । रुखमा टिमुर पाकेर टिप्ने फुर्सद छैन् । धेरैले गाउँमा एउटै परिकार खान्छन् । चिज हुँदा पनि सीप नभएपछि धेरै परिकार बनाउने चलन नभएको थापाले बताउनुभयो । तर होमस्टेको प्रशिक्षक सेफ मनिषा श्रेष्ठले गाउँमै ६२ परिकार बनाएर देखाइदिनुभयो । एकै चिजका धेरै परिकार बने । ‘‘गाउँमा कामकै फुर्सद हुँदैन । बिहान साँझै प्रायः एकै प्रकार पाक्छ,’’ उहाँले भन्नुभयो, ‘‘सीप भए एकै चिजबाट धेरै परिकार बन्ने आफ्नै आँखाले देखियो ।’’

मनिषाले होमस्टे २२ जना सञ्चालकलाई स्थानीय उत्पादनबाट धेरैभन्दा धेरै स्वादिष्ट परिकार कसरी बनाउने भन्ने विषयमा सिकाउनु भयो । आफुले धेरै ठाउँमा खानाको सीप बाँडेको अनुभवको आधारमा होलबाङको दृश्य, स्थानीयको उर्जा र अर्गानिक उत्पादनले मन लोभाएको सेफ मनिषाले बताउनुभयो । अर्का प्रशिक्षक रमणी डुम्रेले आयात प्रतिस्थापन गरेर स्थानीय स्तरमा स्वरोजगार सृजना गर्ने होमस्टेको उद्देश्य हुनुपर्नेमा जोड दिनुभयो ।

अहिले स्थानीयमा होमस्टे सञ्चालनको उर्जा भरिएको छ । गाउँमा कोदो, पापर, मकै, सिस्नो, फर्सी प्रशस्तै पाइन्छ । होलबाङ गाउँ २७ सय मिटर अग्लो मदानेको काखमा छ । जनजातिको बाहुल्यता रहेको होलबाङ उच्च ठाउँमा भएकाले नजिकैको रमणीय दृश्यनै लोभ लाग्दो छ । सालझण्डी–ढोरपाटन सडकबाट तीन किलोमिटर हिँडेपछि होलबाङ पुगिन्छ ।

सिंचाई
Forest
Ad.

होलबाङमा स्थानीय ३७ वर्षीय जीवबहादुर पुनले व्यक्तिगत रुपमा २०७९ सालबाट होमस्टे सुरु गर्नुभएको थियो । सांस्कृति घर, आवास, भान्सा घर र शौचालय लगायतका संरचना निर्माण पनि भएका छन् । तर होमस्टेका लागि प्रयाप्त छैनन् । पुनसँग होमस्टेको ज्ञान र सीप थिएन । तैपनि केहि वर्ष काम गर्नुभयो । स्रोत र साधन तथा ज्ञानको अभावमा सामुहिक होमस्टे सञ्चालन गर्न नसकेकाले अहिले लुम्बिनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालयद्वारा एक साताको होमस्टेको तालिम सञ्चालन गरिएको बताउनुभयो । अब आफुहरुमा नयाँ उर्जा प्राप्त भएकाले होमस्टेलाई उत्कृष्ट रुपमा सञ्चालन गर्ने पुनले बताउनुभयो ।

मदाने गाउँपालिका–२ का अध्यक्ष माधवप्रसाद भुसालले ०७७ सालमै होमस्टेलाई व्यावस्थापन गर्न खोजेपनि कोभिडको कारण छुटेपनि अहिले सार्थकता प्राप्त भएको बताउनुभयो । उहाँले नमुना होमस्टे निर्माणको अभियानमा आफुहरु रहेकाले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

होमस्टे व्यावस्थापन कार्यक्रमअन्तर्गत गुल्मीको भार्से र बाँझकटेरी गरेर दुई तथा रुपन्देहीमा एउटा तालिम सञ्चालन गरेको लुम्बिनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो । स्थानीयमा उर्जा राम्रो पाएकाले आगामी दिनमा स्थानीय सरकार र प्रदेशबाट सडक र होमस्टेका थप पर्यटकीय संरचनामा काम गर्नुपर्ने बताउनुभयो ।

तालिममा होमस्टे सञ्चालनसम्बन्धी कानुनका बारेमा होमस्टे महासंघका केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोला, सेफ मनिषा श्रेष्ठले खानाका परिकार र वित्तीय व्यावस्थापनको बारेमा रमणी डुम्रेले सहजीकरण गरेको डिभिजन कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

Awareness by SKF

कृषि र उद्यमसँग होमस्टेलाई जोडेर काम गर्न सके स्वरोजगारको राम्रो माध्यम बन्न सक्ने स्थानीय तथा सत्यवति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले बताउनुभयो ।

त्यस्तै, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बसाइसराईको कारण गाउँहरु युवाविहीन बन्ने अवस्था सृजना भएका बेला होल्बाङका स्थानीयमा देखिएको होमस्टे मोहलाई मर्न दिन नहुनेमा जोड दिनुभयो । उहाँले हावापानी, कृषि, जनशक्ति र भोलीका सडक सञ्जालको कारण धेरै राम्रो आम्दानीको स्रोतको रुपमा होमस्टे रहने भएकाले स्थानीयमै सबैभन्दा बढि चासो र चिन्ता आवश्यक रहेको बताउनुभयो । गुल्मीमा धेरै ठाउँमा होमस्टे छन् । तर कम ठाउँका मात्रै निरन्तर सञ्चालनमा आएका छन् ।

त्यसको प्रमुख कारण बसाइसराई र युवाशक्ति पलायन हो । होल्बाङमा शिक्षा, स्वास्थ्य, सडक तथा कृषिका नविनतम कामहरु भइरहेकाले सँगै जोडेर होमस्टेलाई दिगो बनाउन स्थानीय सरकारले सबैखाले सहयोग गर्ने मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । कुँवरले स्थानीय सरकारले कृषि पर्यटनबाट मात्रै आर्थिक समृद्धि प्राप्त गर्ने भएकाले होमस्टे र स्थानीय सरकारबिच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →