(फाईल फोटो)
पाल्पा , चैत्र -१० । पाल्पा अन्तरगत कालिगण्डकी नदिमा एक जना भारतिय युवकको शव फेला परेको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका -५ रामदी स्थित कालिगण्डकी नदि किनारमा भारतिय नागरिक २५ बर्षिय शिवम पाण्डेको शव फेला परेको हो ।
पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सुनिल पाण्डेका अनुसार गोरखपुर घर भएका पाण्डे चैत्र ६ गते नुहाउने क्रममा कालिगण्डकी नदिमा बगेर बेपत्ता भएका थिए ।
उनको शव नुहाएको स्थान बाट एक किलोमीटर तल फेला परेको र घटनाको अनुसन्धान भईरहेको मल्लले बताए ।
प्राय हप्तै पिच्छे कालिगण्डकी नदि र तिनाउ खोलाको ड्याममा मानिसहरुको डुबेर मृत्यु र बेपत्ता भएको समाचार बाहिरिदा पनि मानिसहरुले सावधानी अपनाउन र सरोकारवालाले सचेतना कार्यक्रम राख्न सकेका छैन्न ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |