Hi-Speed Computer

Awareness Campaign

दलितका मुद्दामा एक ठाउँमा उभिनु पर्नेमा अधिकारकर्मीको जोड



ओझेलका खबर
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , चैत्र – ८ । दलगत स्वार्थ त्यागेर दलित समुदायका मुद्धाहरुमा एकै ठाउँमा हुनु पर्नेमा गुल्मी जिल्लाका दलित अधिकारकर्मीहरुले  जोड  दिएका  छ्न  ।

६० औं अन्तराष्ट्रिय जातीभेद तथा रगंभेद उन्मुलन दिवस, २१ मार्च ( २०२५ ) को अवसरमा सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा सहभागी दलित अधिकारकर्मीहरुले यस्तो कुरामा जोड दिएका हुन ।

एकीकृत ग्रामिण बिकास समाज गुल्मीले जलवायु परिवर्तनका कारण दलित समुदायमा परेको प्रभाववारे अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

Forest
Forest
Ad.

यस  बिषय सङ्गै  खुल्ला   अन्तरक्रियामा दलित समुदायका समग्र मुद्दामा राजनैतिक स्वार्थ भन्दा माथी उठेर दलितका मुद्दामा बढी केन्द्रीत रहन सहभागीहरुले नेतृत्वलाई सुझाएका थिए ।

त्यस्तै मुल बिषय जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्ती बाढीपहिरो, खडेरी, आँधीतुफान जस्ता विपद् मात्रै होइन उत्पादनमा भएको ह्रास, मौसममा भएको परिवर्तनले उत्पादनको अनिश्चितता, बालीको विनाश, मूल्यवृद्धि, भोकमरीजस्ता असर दलित समुदायमा पारेको असरका बारेमा दलित  अधिकारकर्मी कृष्ण   निश्वकर्माले प्रतिवेदन   प्रस्तुत  गरेका  थिए  ।  उनको  प्रतिवेदन   माथी   गहन छ्लफल भई   भावी  योजना  समेत  तय गर्ने  बताईएको  छ  ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस निकट दलित संघका केन्द्रिय सदस्य इश्वरी परियार, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य दलवहादुर विश्वकर्मा , माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गा विश्कर्माले आ आफ्नो पार्टी भित्र दलित समुदाय माथीको दृष्टिकोण र आफुहरुको भुमिका बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा  दलित  महिला संघ अध्यक्ष कमला वराल, रेसुङगा नगर कार्यपालिका सदस्य सिता विश्वकर्मा, मुक्ति समाज नेपाल अध्यक्ष दिपक वराल, सुनचाँदी व्यवसायी संघका महासचिव रामु वराल, सचिव सुवर्ण वराल लगायतका बक्ताहरुले पनि धारणा राखेका थिए ।

Awareness by SKF

एकीकृत ग्रामीण विकास समाजको आयोजना, दलित लाइभ म्याटरको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रमा गणेश श्रीपालीको अध्यक्षता, शंकर नेपालीको संचालन, भवगती श्रीसको स्वागत मन्तव्य रहेको थियो ।

यसै बिच जिल्लाको सदरमुकाममा यो एक कार्यक्रम मात्रै गरिए पनि ग्रामिण भेगका विभिन्न स्थानमा यो दिवस मनाईएको समाचार प्राप्त भएको छ ।

 दिवसको  प्रुष्ठ्भुमी 

जातीवादी रङ्गभेदी प्रथाको सुरुवात नै मान्नु पर्छ दक्षिण अफ़्रिकामा सन ६० को दशक सम्म त्यहाँका गोरा जातिहरुले चरम रङ्ग विभेद गरेर कालाजातिहरुको न्युनतम मानव अधिकार समेत हनन गर्थे ।

त्यो बेलामा पनि सरकारी शक्तिमा रहेको गोरा जातिहरुको दमनका विरुद्ध काला जातिहरु सडक आन्दोलनमा उत्रिए । त्यही क्रममा सन १९६०,   २१ मार्चका दिन काला जातिहरुले शान्ती र्याली गर्दै गरेको अबस्थामा त्यहाँको प्रहरीले हत्या गरेको कालो दिनको सम्झना गर्दै जातिय तथा कुनै पनि प्रकारको विभेद विरुद्ध उज्यालो दिन ल्याउन लड्नु पर्छ भन्ने सन्देश दिन यो दिवस मनाईदै आएको हो ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो