Clean Water Campaign

Awareness Campaign

गलकोटमा अखिल क्रान्तिकारीको विजय र्याली सम्पन्न



लालु प्रसाद गैरे
३ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा विजय र्याली सम्पन्न गरेको छ। गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलनै विजयी भएको अवसरमा विजय र्याली सम्पन्न गरेको हो।

नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट गलकोट बहुमुखी क्याम्पसमा सभापतीमा प्रभात साहनी, सचिवमा पवन विक, कोषाध्यक्षमा स्मृती बुढाथोकी, सदस्यमा अजय केसी, प्रमिला विक, निकीता साहानी अत्यधिक बहुमतका साथ विजयी भएका थिए। निर्वाचित उम्मेदवारहरु घोषणा पश्चात गलकोट बहुमुखी क्याम्पसबाट सुरु भएको विजयी र्याली मध्यपहाडि लोकमार्ग हुँदै लोकतन्त्र चोक, बिच बजार, गणतन्त्र चोक, मध्यपहाडि लोकमार्ग हुँदै पुन जिपपार्कमा आएर बाजा सहितको र्याली सम्पन्न भएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, अखिल क्रान्तिकारी बागलुङ जिल्ला फ्याक्सन ईन्चार्ज पदम खत्री (दिवस) ले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यस्तै कार्यक्रममा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निवार्चन समिति, क्याम्पस व्यवस्थापन समिति, क्याम्पसका प्राध्यापकहरु, विद्यार्थिहरु, मतदाता, पत्रकार सम्पुर्णलाई धन्यवाद ज्ञापन समेत गरिएको थियो। माओवादी केन्द्र गलकोट नगर अध्यक्ष गंगा बहादुर भुजेलको अध्यक्षता र नगर सहसचिव विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो