Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि



अनिल खत्री
३ महिना अगाडि


Awareness

Place for ads

५ चैत, गुल्मी: गुल्मी जिल्लाबाट यसवर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्यामा वृद्धि भएको छ। यसअघिका तीन वर्ष एसईई दिने विद्यार्थीको संख्यामा ओरालो लागेको थियो।

चैत ७ गतेबाट सुरु हुन लागेको एसईई परीक्षामा कुल चार हजार ८५७ जना विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् । त्यसमध्ये साधारणतर्फ ३ हजार ५२६, प्राविधिक तर्फ २६० जना नियमित परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

ग्रेड वृद्धिमा साधारणतर्फ ९९३ र प्राविधक तर्फ ७२ जना सहभागी हुने भएका छन् । गतवर्ष साधारणतर्फ ३ हजार ७९०, प्राविधिकतर्फ २९५ जना र ग्रेडवृद्धितर्फ १२ जना गरी ४ हजार ९७ सहभागी थिए ।

Forest
Forest
Ad.

२०७८ सालमा ४ हजार ८२३, २०७९ मा ४ हजार ७२२ र २०८० सालमा ४ हजार ९७ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । सङख्यात्मक रुपमा यसवर्ष वृद्धि भएपनि नियमिततर्फ विद्यार्थीहरु कम हुँदै गएको इकाइ प्रमुख थानेश्वर घिमिरेले बताए ।

यसवर्ष ग्रेड वृद्धिका विद्यार्थीहरु बढी भएका कारण सङख्यात्मक रुपमा बढेको देखिएको उनको भनाइ छ । यस वर्ष गुल्मीमा एसइइका लागि २६ वटा केन्द्र निर्धारण गरिएको छ ।

केन्द्रका केन्द्राध्यक्षलाई तालिम प्रदान गरी केन्द्र तर्फ पठाइएको छ । केन्द्रको नजिक रहेको प्रहरी चौकीमा उत्तर पुस्तिका र प्रश्नपत्र पुगिसकेको छ ।

एसईईमा २६० जना सुरक्षाकर्मी खटिने र आवश्यकताको आधारमा थप पनि हुन सक्ने घिमिरेले बताए। -अनलाइन खबर

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो