Hi-Speed Computer

Awareness Campaign

गुल्मी मुसिकोटकी गंगा शेरचन हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

प्रेम सुनार
गुल्मी , चैत्र २ ।  गुल्मीको मुसिकोट नगरपालिका–७, न्वारा स्थित गङ्गा शेरचन भनेर चिनिने गोपालकुमारी) शेरचनको दुई बर्ष अघि भएको बीभत्स हत्या काण्डका मुख्य अभियुक्त पक्राउ परेका छ्न ।

हत्यापछि फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ४८ वर्षीय बुद्धिमान तामाङलाई चैत्र १ गते सीआईबीले ललितपुरबाट पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
हो निजलाई सिआईबीले पक्राउ गरेको छ, उसका धेरै काण्डहरु रहेछ्न , अब गुल्मी प्रहरीमा पठाईन्छ डिएसपी दाहालले भने ।

५८ वर्षे शेरचनलाई लुटपाट पछि हत्याका मुख्य योजनाकार तामाङ्ग सहितको ४ जनाको समूहले २०७९माघ १४ गते राती एक्लि महिला शेरचनको न्वारा स्थित होटलमा खानपोन पछि बीभत्स हत्या गरेका थिर ।

Forest
Forest
Ad.

बाग्लुङ गुल्मी सिमना तर्फको दरमखोला पुलको मुख नजिकै शेरचनको होटल थियो । माघ १५ गते बिहान अगाडी पछाडी दुब्सी तर्फ ढोका लगाएको अबस्थामा सेरचनको शव फेला परेको थियो ।

सुन र गहना लुट्ने र हत्या गर्ने योजनाका साथ ठूलो खालको टेपले शेरचनको हातखुट्टा बाँधिएको र मुखमा सोही टेप लगाईएको थियो ।

गुल्मी प्रहरीले मात्रै होईन यस घटनामा संलग्नलाई पत्ता लगाउन मुस्किल परेपछि केन्द्रिय अनुसन्धान ब्युरो ( सिआईबी ) को टोलि समेत अनुसन्धान गर्न आएको थियो ।

घटनाको झण्डै १५ दिन पछि यस घटनामा संलग्न मध्येका बागलुङको बडीगाड गाउँपाल थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिवबहादुर तामाङलाई पक्राउ गरि अनुसन्धान गर्दा शेरचन हत्याको मुख्य योजनाकार अहिले पक्राउ परेका तामाङ्ग रहेको त्यति बेला प्रहरीले बताएको थियो ।

Awareness by SKF

उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका थिए भने तामाङ फरार थिए । शेरचनको हत्यापछि उनीसँग भएको करिब १० तोला सुनका गरगहना लुटपाट गरिएको थियो । सडकको ठेक्का पट्टाको काम गर्ने बाहना बनाएर बाव्लुङ्ग र गुल्मीको लुटपाट योजना बनाउदै आएको त्यस टोलिले माघ १४ गते दिउँसो खानपिन गर्न धेरचनको होटेलमा पसेको स्थानीयले बताएका थिए ।

पक्राउ परेका तामाङ्गको समूहले डाँकाचोरीको श्रृङ्खला चलाएको र यस बाहेक थप चार वटा मुद्दामा फरार रहको खुलेको तथा तीन वटा मुद्दा भने उनीहरूविरुद्ध चलिसकेको पाईएको दिआईबिका प्रबक्ता एसपी सुधीररान शाहीले संचार माध्यमलाई बताएका छ्न । लुटेराहरुको शिकार बनेकि शेरचन बाग्लुङ हाडिखोला स्थित प्रतिष्ठित शेरचन परिबारकि अविवाहित चेली थिईन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →