Awareness Campaign

गुल्मी सेवा समाज युएईको अधिबेशन सम्पन्न , अध्यक्षमा मुसिकोटका जीवन सिंह ठकुरी



ओझेलका खबर
२ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी, चैत्र १ । गुल्मी सेवा समाज युएईको छैठौं महाधिबेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको समाचार ढिलो गरी प्राप्त भएको छ । अधिवेशनले गुल्मीको मुसिकोटका युवा समाज सेवी जिवन सिंह् ठकुरीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा सरस्वति पौड्याल , उपाध्यक्षहरुमा क्रमशः बिष्णुप्रसाद भट्टरार्ई , जिवन कुँवर , जिवलाल पाण्डे , शेरबहादुर थापा , लक्ष्मी कँडेल भण्डारी सर्र्वसम्मत निर्वाचित भएका छन । त्यस्तै महासचिवमा सुरज बिसी , सचिवमा मिना न्यौपाने र सेवा पाण्डे निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा नेत्रलाल भुसाल र सहकोषाध्यक्षमा रोम त नामी मगर निर्वाचित भएका छन । यी पदाधिकारी सहित ५० सदस्यीय कार्य समिति अधिवेशनले निर्वाचित गरेको छ । कार्य समितिको प्रबक्तामा बिष्ट चयन भएका छन ।

गुल्मी हो नाम, गुल्मेलीको शान रुरु र रेसुङ्गा हाम्रो पहिचानुु मुल नाराका साथ २३ फ्रेब्रहरी आइतबारका दिन क्लब याक एण्ड यति, अस्टोरिया होटलमा एक कार्यक्रमका बिच सम्पन्न महाधिबेशन गुल्मेली चर्चित कलाकारहरुको साथ मा सम्पन्न भएको थियो ।

Forest
Forest
Ad.

अधिवेशन युएईका लागी महामहिम राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्तममा राम प्रसाद श्रेष्ठ , नेपाल एसोसिएसन–एनआरएन एनसीसी यूएईका अध्यक्ष बिकास शाही,नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान , युएईमा सक्रिय विभिन्न सामाजिक संघ सस्थाका प्रमुखहरु, पत्रकारहरु, विभिन्न पेशामा आबद्ध नेपाली दाजुभाइ दिदिबहिनीहरु, नेपाली भजन मण्डली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा युएईमा रहनु भएका कलाकारहरु लोक तथा दोहोरी गायकहरु बाबुराम परियार, बिनोद बिष्ट, रन्जिता कुँवर, विनय खत्री, कुसुम परियार, दिपक परियार लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।
नयाँ कार्य समितिलाई सुभकामना दिदै कार्य समितिका अध्यक्ष राम प्रसाद श्रेष्ठले बिभिन्न सघ सस्थाको नेतृत्वदायी अनुभव संगालेर बाट निखारिएर नवनिर्वाचित अध्यक्ष जिवन सिंह ठकुरी सहितका उर्जावान हरेक बिधामा दक्षता , कलाकार , पत्रकार , धार्मिक , सास्कृतिक , ब्यापारी , खेलकुद लगाएत्का ठाउँमा रहेर काम गरेको उत्कृष्ट टिम भएको बर्तमान कार्य समितिले अझ उत्कृष्ट कार्य गर्ने आफुले अपेक्षा राखेको बताएका थिए ।

“अहिलेको निर्बाचित समुह सबैले रोजेको र खोजेको जस्तो छ ।”, नवनिर्वाचित अध्यक्ष जीवन सिंह ठकुरीले आफ्ना कुरा राख्दै भने, “अहिलेका युवा पुस्ताले यसलाई राम्रोसंग चलाउने र समाजलाई गतिशिल बनाउने , यहाँ रहेका नेपालीहरुको दुख सुखमा साथ दिने र गृह जिल्ला गुल्मीको सामाजिक क्षेत्रमा समेत केहि गरेर देखाउने प्रतिबद्धता जनाएका थिए ।

नवनिर्वाचित कार्य ससमितिको पहिलो बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ । बैठकले बिशेषतः सस्थाका आजिवान सदस्य तथा कृयाशिल सदस्यका परिवारका सदस्यहरुका्े स्वास्थ लगायत विविध समस्या परेमा सस्थागत सहयोग गर्ने र गुल्मी जिल्ला भित्र रहेको आघारभुत तहको विद्यालयका अति बिपन्नबर्ग तथा अनाथ असहाय विद्यार्थीहरुलाइ लक्षित गरी नेपाली एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना लगायतका केहि महत्वपुर्ण निर्णयहरु गरेको गर्ने अध्यक्ष ठकुरीले बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो