Awareness Campaign

सद्भाव बाँड्ने होलीका दिन दाङ्गमा वडाध्यक्ष र प्रअ बीच कुटपिटको छलफल



ओझेलका खबर
४ घण्टा अगाडि


Awareness

Place for ads

दाङ्ग, फागुन २९ । दाङ्गको घोराही उपमहनगरपालिकामा आज प्रेम र सदभाव बाँड्ने होली पर्वका दिन वडाध्यक्ष र प्रधानध्यापक बीच कुटपिट भएको बिषयमा जिल्ला प्रशासन कार्यालय दाङ्गमा छलफल चलिरहेको छ ।

त्यस उपमहानगरपालिका –१४ स्थित शुभ प्रभात माध्यामिक बिद्यालयमा बुधबार आयोजित अभिभावक भेलामा त्यस वडाका वडाध्यक्ष भानसिंह बुढाले त्यस बिद्यालयका प्रधानध्यापक रुद्र बुढालाई निर्घात कुटपिट गरेको आरोपमा आज जिल्ला प्रशासन कार्यालय दाङ्गमा छलफल चलिरहेको हो ।
नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित बुढाले आफु निकट बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बनाउन चाहेको र प्रधानध्यापक बुढाले पनि घोराहीका गणेशराज श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेको बिषय विवादको मुल कडी बताईन्छ ।

Forest
Forest
Ad.

बिद्यालय ब्यबस्थापन समिति गठनका लागि तेश्रो पटक भएको अभिभावक भेलामा गणपुरक संख्या नपुगे पछि पुनः अर्को पटक अभिभावक भेला राख्नका लागि वडाध्यक्ष बुढाले प्रधानध्यापक बुढालाई आग्रह गरेको र त्यस बिषयमा विवाद चर्केको नजिकबाट बुझ्नेले बताएका छन ।
त्यस विवादका क्रममा प्रधानध्यापक पक्षधर र वडाध्यक्ष पक्षधर बीच हात हालहालको स्थिती सिर्जना हुँदा प्रधानध्यापक र वडाध्यक्ष पक्षधरका केहि मानिस घाईते भएको जनाईएको छ ।
यस सम्बन्धमा दाङ्गका जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर शाह संग वडाध्यक्षले प्रधानध्यापकलाई निर्घात कुटपिट गरेको भन्ने कुरा बाहिर आएको छ नि ? भन्ने प्रश्नमा उनले भने–‘ दुबै पक्ष बीच एकले अर्कोलाई कुटपिट गरेको आरोप प्रत्यारोप चलेको र यस बिषयमा अहिले सिडियो सावकोमा छलफल चलिरहेको छ ।’
घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का वडाध्यक्ष राममणि पाण्डे संग बुझ्दा उनले वडाध्यक्षले प्रधानध्यापक कुटपिट गरेको भन्ने आफुले पनि सुनेको बताउँदै भने –‘मुख्य गरी त्यहाँको विवाद बिद्यालय व्यवस्थापन समिति गठन नै हो , अन्य कुरा मैले बुझ्न पाएको छैन ।’

वडाध्यक्ष बुढा संग सम्पर्क गर्दा उनले आफुले प्रधानध्यापकलाई कुटपिट गरेको भन्ने कुरा नितान्त गलत भएको प्रतिकृया दिए । उनले भने –‘ हिजो अभिभावहरुको तेश्रोा पटक भेला रैछ । त्यस भेलामा प्रअले मलाई कुट्ने योजना बनाएर बाहिरबाट ‘गुण्डा’ तयार पारेका रैछन । ३८० जना अभिभावक मध्ये कम्तीमा पनि गणपुरक संख्या पुराउनु पर्छ , भेलामा जम्मा ११८ जना मात्रै उपस्थित भएको देखेर मैले अर्को भेला डाक्नका लागि म्युग्नेट लेख्नुस भनेको थिएँ । एक्कासी प्रअले तयार पारेका तिन जना मानिसहरु म र मेरो मान्छेलाई आक्रमण गर्न आउँदा दुबै पक्षका केहि मानिस घाईते भएका हुन मैले प्रअलाई कुटपिट गरेको होईन ।’

यस सम्वन्धमा प्रधानध्यापक बुढा संग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । केहि सञ्चार माध्याममा प्रधानध्यापक कुटपिटमा परी घाईते भएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको बताईन्छ । वडाध्यक्ष ईतरका मानिसहरुले वडाध्यक्षले आफु पक्षधरका मानिसहरुलाई फर्जि हस्ताक्षर गराएर भए पनि आफु निकट अध्यक्ष बनाउन चाहेको आरोप केहि सञ्चार माध्यममा आए पनि उनले त्यसको खण्डन गरेका छन । प्रधानध्यापक बुढाको आँखामा चोट लागेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो