Awareness Campaign

गुल्मीको एक क्याम्पसमा अखिल क्रान्तिकारीको मनोनय दर्ता फाराम एमाले कार्यकर्ताले खोसे



प्रेम सुनार
१७ घण्टा अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको धुर्कोट परमानन्द क्याम्पसमा उम्मेदवारी दर्ता गर्न गएका स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरुको दर्ता फारम नेकपा एमालेका कार्यकर्ताहरुको समूहले खोसेका छन।

त्यस क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम पाण्डेले विज्ञप्ती जारी गर्दै चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहि फागुन २७ गते मनोनयन दर्ताको कार्यक्रम रहेको र दर्ता भई सकेको मनोनयन पत्र दर्ता फारम तथा भर्पाई सहितका कागतपत्रहरु अनाधिकृत ढंंगबाट निर्वाचन डेक्सबाट जफत भएको कारणले निर्वाचन कार्यक्रम सञ्चालन गर्न असहज भएको भन्दै निर्वाचन समितिले संयुंक्त राजिनामा दिएकोले यस क्याम्पसमा हुने भनिएको स्ववियु निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको बताएका छन।

उता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पनि घटनाको घोर भर्त्सना गर्दै विज्ञप्ती जारी गरेको छ। क्रान्तिकारीका जिल्ला अध्यक्ष किसन पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘गुल्मीको धुर्कोट गाउँपालिका-५, वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा स्वतन्त्र रुपमा निर्वाचन प्रकृयाको उमेदवारी दर्ता कार्य सञ्चालन भईरहेकोमा मनोनयन दर्ता गरेका अखिल क्रान्तिकारीका साथीहरुको फाईल लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका स्वकिय सचिव समेत रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज कपुर घिमिरेको नेतृत्वमा आएको एक समुहले गुण्डागर्दी तथा अराजक शैलीमा क्याम्पस प्रशासन, निर्वाचन समितिको कार्यालयबाट बलजफ्ती लगेको निन्दनीय एवं कुकार्य प्रति हाम्रो संगठन अखिल त्रान्तिकारी जिल्ला समिति गुल्मी घोर निन्दा एवं भर्त्सना गर्दछ।’

Forest
Forest
Ad.

त्यस्तै ‘दुई ठुला संगठन (नेवि संघ र अनेरास्ववियु) मिलेर तालमेल गरी निर्वाचन प्रक्रियामा भाग दिदा समेत यस प्रकारका घटना घटाउनु आफैमा निन्दनिय एवं खेदजनक छ। यस प्रकारका घटना घटाउनुले आम गुल्मेली विद्यार्थीहरुलाई लज्जाबोध गराईरहेको छ। आम विद्यार्थीको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नु पर्ने भएकोले अराजकहरुलाई कार्वाहीको दायरामा ल्याई स्वच्छ, मर्यादित एर्व सुरक्षित ढंगले सम्पन्न गर्नका लागि हामी सम्बन्धित सबै पक्षको गम्भिर ध्यानकृष्ट गराउँदछौँ।’ आखिल क्रान्तिकारीले विज्ञप्तीमा भनेको छ। यस सम्बन्धमा आरोपित एमाले कार्यकर्ता कपुर घिमिरेको प्रतिक्रिया माग्न फोन गर्दा फोन उठेन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →