Awareness Campaign

विवाहको सिक्री समेत बेच्नु पर्ने अवस्था थियो: कृष्ण जिसी



तिलक महत
१ हप्ता अगाडि


Awareness

Place for ads

बुटवल: ‘संघर्षका दिनहरुमा कोठामा चामल सकिएर भोकै बस्ने अवस्था थियो। बुटवलमा साईकल असाध्यै जरुरी थियो तर किन्न सकिएन। अनि कुनै उपाय नभए पछि भा‌निज र मैले १५ सयका दरले पैसा हालेर ३ हजारमा संयुक्त रुपमा एउटा साईकल किनेर पालैपालो चढ्थ्यौँ।’ यो भनाई हो अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका-३, कैलाश टोलमा आलिशान महलका मालिक र ५० लाखको चिल्लो कारमा चढ्ने ४७ बर्षीय कृष्णबहादुर जिसीको।

ति दिन सम्झिदै जिसी थप्छन, ‘उति बेला आर्थिक अभावको कुरा नगरौँ, विवाहमा किन्देको सिक्री सम्म बेच्नु पर्ने अवस्था थियो। अहिलेको अवस्थामा आई पुगिएला भनेर सोचिएको थिएन।’ गुल्मीको इस्मा गाउँपालिका-५, इस्मारजस्थलको सिरार टोलका बासिन्दा जिसी खाली हात स्वरोजगार बन्ने उद्देश्य राखेर २०५७ सालमा बुटवल झरेको बताउँछन।

उनले २०६० सालमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाकी कमला संग विवाह गरे। पछि उनकै सिउँदो र साथका कारण आफु यहाँ सम्म आई पुगेको भन्दै श्रीमतिलाई सह्राउँछन।

Forest
Forest
Ad.

बुटवल आएको करिब १ बर्ष जति कुखरापालन गरेर बसियो। पछि घडी पसल, किराना पसल, फेन्सी र होटल व्यवसायमा हात हालेका जिसी अहिले तिलोत्तमा नगरपालिका भित्रका धनाढ्य मानिसहरुको सुचिमा पर्दछन। तिलोत्तमामै रहेको कक्षा १० सम्मको पढाई हुने ज्ञान गंगा पाठशालामा केही प्रतिशत र सोही स्थानको ब्लु बेल पार्टी प्यालेसमा ५५ प्रतिशत शेयर उनकै छ। २१ बर्षको उमेरमा साउदी अरब वैदेशिक रोजगारीमा पुगेका जिसी २८ महिना बसेर फर्किए। विदेश मोह त्यागेर खाली हात बुटवल झरेको बताउँछन।

सिरार स्थित बाबु डम्बर बहादुर जिसी र आमा टोपला जिसीका ४ छोरा ६ छोरी मध्ये कान्छा छोराका रुपमा जन्मिएका जिसी आफुलाई धनाढ्यका रुपमा भन्दा समाजसेवीका रुपमा चिनाउँदै आएका छन।

इस्माली समाज रुपन्देहीका अध्यक्ष सहित विभिन्न संघ संस्थामा आवद्ध जिसी, इस्मावासी त्यसमा पनि गुल्मेलीहरुलाई कुनै दुखः बिमार वा अन्य विपद परेको सुने कि मध्ये रात नभनी सहयोग गर्न पुग्छन। मानविय उद्धारका कैयौँ काम गरेका जिसीले गृह जिल्ला गुल्मीका हर विपद्का घटनामा उद्धार कार्यमा खटिदै आएका छन।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तिलक महत को बारेमा

तिलक महत हाम्रा वरिष्ठ संवाददाता (बुटवल) हुन।

तिलक महत द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →