Clean Water Campaign

Awareness Campaign

५० प्रभावशाली महिलाको सुचिमा गुल्मीकी मीना अर्याल



प्रेम सुनार
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: अन्तराष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा अनलाईन खबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’को सुचि बिहिबार सार्वजनिक गरेको छ।

त्यस सुचिमा गुल्मीकी मीना अर्याल पनि पर्दै पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी र आयोजकबाट ट्रफी, कदरपत्र सहित सम्मान ग्रहण गरेकी छन। उनी कर्तव्यनिष्ठ र सक्षम राष्ट्र सेवक कर्मचारीका रुपमा मुल्याङ्कनमा परेकी हुन।

केहि दिन अघि सम्म तेह्रथुम जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेकी अर्यालको घर गुल्मीको रेसुङ्गा नगरपालिका-१०, सिमिचौर हो भने माईती घर सोही पालिका-३, भाडगाउँमा पर्दछ। उनी कुश्माखर मरासिनी र मानकुमारी मरासिनीकी छोरी हुन। उनिहरु ७ छोरी र ५ छोरा सहित १२ सन्तान छन।

सिंचाई
Forest
Ad.

नेपाल सरकारको उपसचिव पदमा कार्यरत मिना अर्याल हाल गृह मन्त्रालयमा सरुवा भई बिदामा बसेको बताउँछिन्। अर्याल २०८० चैत्र १२ गते देखि यहि फागुन १५ गते सम्म अर्थात ११ महिना सम्म तेह्रथुम जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दा आफु ‘सिडिओ साब’का रुपमा भन्दा पनि सेवकका रुपमा खटेर त्यहाँका जनताको मन जितेकी छन।

१६ बर्षको उमेरमा मिना मरासिनीको २०४४ सालमा सिमिचौरका गोपालप्रसाद अर्याल संग विवाह भएको थियो। श्रीमान गोपाल प्रसाद अर्याल गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन। नेपाल सरकारको सहसचिव तहका अर्याल हाल भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका छन।

भाडगाउँको तत्कालिन भाडगाउँ प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा आर्जन गरेकी मिनाले कक्षा ४ देखि एसएलसी सम्म महेन्द्र माध्यमिक विद्यालय तम्घासमा पढेकी थिईन। कक्षा ९ मा पढ्दापढ्दै विवाह भएकी मिनाले विवाह पश्चात महेन्द्र माविमै एसएलसी उत्तिर्ण गरेपछि श्रीमान गोपालप्रसाद संग काठमाण्डौ गएर उच्च शिक्षा अध्ययन गरेर सरकारी सेवामा प्रवेश गरेको बताउँछिन।

२१ बर्षको उमेरमा २०४९ सालमा सहायक लेखापाल पदमा निजामति सेवामा प्रवेश गरेकी मिना अर्यालले २०५५ सालमा श्रीमान संग एकै पटक अधिकृत पदमा नाम निकाल्ने पहिलो गुल्मेली महिला आफु हुनु पर्ने उनको अनुमान छ।

Awareness by SKF

निजामति सेवामा प्रवेश गरेपछि उनले विभिन्न क्षेत्रमा उल्लेखनिय भुमिका निभाउँदै आएकी छन। २०७३ साल देखि २०७६ साल सम्म विश्व व्यापार संगठन लगायतका वाणिज्य सम्बन्धी संस्थाको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभामा पहिलो महिला वाणिज्य प्रतिनिधीको जिम्मेवारी समेत मिना अर्यालले सम्हालेकी छन।

अर्घाखाँचीमा छँदा उनले आगलागी पीडितहरुलाई बिना झण्झट समयमै राहत दिने, औपचारिक कार्यक्रम छोटो बनाउने लगायतका थिती बसालेकी थिईन। तेह्रथुमको प्रमुख जिल्ला अधिकारी छँदा मिना अर्यालले घर-घरमा पुगेर अपाङ्गता भएका र अन्य असहाय नागरिकहरुलाई नागरिकता दिने, परिचय पत्र दिलाउने काम गरिन।

वर्षौँ देखि अलपत्र विकास योजनाको काम सुचारु गर्न त्यहाँका स्थानीय जनप्रतिनिधी देखि प्रधानमन्त्री र भौतिक पुर्वाधार मन्त्री समक्ष डेलिगेशन गएर १३ बर्ष देखि अलपत्र पाँचथर जोड्ने पुलको निर्माण कार्य सुचारु गर्ने भुमिका खेलिन।

९ बर्ष देखि अलपत्र रहेको मध्ये पहाडी लोकमार्ग अन्तर्गत खुरुङ्ग-यावरा खण्डको १० किलोमिटर बाटोको काम अगाडी बढाईन। उनको कार्यकालमा तेह्रथुम जिल्ला कोशी प्रदेशका १४ जिल्ला मध्ये कार्य सम्पादन मुल्याङनमा प्रथम हुन पुग्यो।‌

देशका ७७ जिल्लामा ७ औँ स्थानमा तेह्रथुम जिल्ला पर्न सफल भयो। ११ महिनाको अवधिमा १५ जनालाई घरमै पुगेर उनले नागरिकता दिएकी छन। गुनासो सुन्न क्युआर कोड सहितको उजुरी पेटिका स्थापना, कर्मचारीका लागि आवास निर्माण लगायत थुप्रै सुधारका काम उनको कार्यकालमा हुन पुग्यो। हाम्रो पालामा महिलाहरु पढाईमा धेरै अगाडी पुगेका थिएनन्।

‘तै पनि बुवाले हामीलाई तरकारी र फलफुल व्यापार गरेर पढाउनु भयो।’ मिना अर्याल भन्छिन, ‘म पढाईमा पहिल्यैदेखि अब्बल थिएँ, सरकारी सेवामा दिईएको जुनसुकै जिम्मेवारी सक्रिय भएर निभाउँदै आईरेहको बेला अनलाईन खबरले गरेको मुल्याङ्कनले थप उत्साहित र गर्वित भएकी छु, म तपाईको मिडिया मार्फत पनि अनलाईन खबर परिवारलाई धन्यवाद दिन चाहन्छु।’ उनि थप्छिन, ‘कुनै पनि कर्म गर्दा फलको आश त म राख्दिँन तर लाग्यो कर्मको फल आफै मिल्दो रहेछ।’

संयोग अर्की गुल्मेली महिला अर्थात भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल पनि ५० प्रभावशाली महिलाको सुचिमा परेकी छन। पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणुले गुल्मीको मुसिकोट नगरपालिका-१, पौदी अरेवाका अर्जुन पाठक संग विवाह गरेकी छन। उनको कार्यकालमा भरतपुर महानगरपालिका कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्ट महानगरको सुचिमा पर्दै आएको छ र भरतपुरले विकासमा फड्को मार्दै पनि आएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →