गुल्मी: लामो जुँगा, हँसिलो मुहार, सहयोगी भावना उनको गुल्मी र अर्घाखाँचीमा सबैको प्रिय डाईभरका रुपमा परिचय थियो। त्यसो त बुटवलमा समेत उनि परिचित थिए। डेढ दशक भन्दा बढि अवधी सम्म् गाडी धनि र चालक आफै रहेका उनि बाटोमा कसैलाई उभिएको देखे भने टक्क गाडी राखेर बसाल्थे।
कसैले आज म संग भाडा छैन भन्यो भने पछि दिए भईहाल्ने भनेर गन्तव्य सम्म पुर्याइदिन गाउँमा कोही बिरामी परेको थाहा पाए भने मध्ये रात, घाम पानी केोही भन्दैनथे। उनि अर्थात छिमेकी जिल्ला अर्घाखाँची गाउँपालिका-२, ढाँडाका कृष्णलाल मरासिनी। जो मंगलबार साँझ सोही वडाको कुभिन्डे सडक खण्डमा जिप दुर्घटनामा परी झण्डै १६ घण्टा पछि मृत भेटिए।
मङ्गलबार साँँझ बुटवलबाट गुल्मीको तम्घास हुँदै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ ढाडस्थित घरमा जाँदै गरेको बेला उनले चलाएको लु १ ज ४२२६ नम्बरको जिप सोही वडाको कुभिन्डेको उकालोमा दुर्घटनामा भएको थियो। जीप सडकबाट करिब ४ सय मिटर तल खसेर क्षतविक्षत भएको र उनी मृत अवस्थामै त्यही भेटिएको प्रहरीले जनाएको छ।
डेढ दशक अघि देखि आफैले गाउँको कच्ची बाटो खन्दै आफैले जीप किनेर चलाउँदै आएका थिए। अफन्तजनका अनुसार अहिले दुर्घटनामा परेको चौथो गाडी थियो। झण्डै १६ घण्टा सम्म गाडीमै च्यापिएर रातभरि छटपटाएर ज्यान गुमाउनु परेको खबरले गाउँवासीहरु स्तब्ध बनेका छन।
मङ्गलबार राती बुटवलबाट गुल्मी हुँदै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ ढाडस्थित घरमा जाँदै गरेको बेला उनले चलाएको लु १ ज ४२२६ नम्बरको जिप सोही वडाको कुभिन्डेको उकालोमा दुर्घटनामा परेको थियो। जीप सडकबाट करिब ४०० मिटर तल खसेर क्षतविक्षत भएको र उनी मृत अवस्थामै त्यही भेटिएको प्रहरीले जनाएको छ। जीवनभर उनि रिसाउन कहिल्लै जानेन। सधै हँसमुख उनी यस भेगका प्रिय व्यक्ति थिए।
तत्कालीन मरेङ गाविस २ को ढाँण, रोकाचौर, कुभिण्डे, वडा नम्बर १ को तल्लो गर्छा, वडा नम्बर ४ को सान्दे, ५ को फाप्रेमा सानो बाटोको ट्रयाक खुले पनि यहाँको बाटोमा कसैले गाडी चलाउन निकै जोखिम रहे पनि कृष्णलालले जोखि मोलेरै गाडी चलाउँदै आएक थिए। उनी गाडीको भाडा भन्दा स्वयमसेवी बढि थिए भन्छन उनलाई चिन्नेहरु।
दुई छोरी एक छोरा र श्रीमती रहेका कृष्णलालको जेठी छोरी निशाको मात्रै बिहे भएको थियो। श्रीमती राधाले बुटवलमा पसल चलाएर कान्छी छोरी सम्झनालाई पढाएर बसेको आफन्जन बताउँछन।
बुधबार साँझ उनको पोष्टमार्टम भएपछि रिडीमा अन्त्येष्टी गरिएको उनका छिमेकी तथा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल बताउँछन। उनि गाउँको सहयोगी र अत्यन्तै मिलनसार व्यक्त गुमाउँदा हामी शोकाकुल छौँ। यातायातको क्षेत्रमा उनको योगदान कहिल्यै भुल्न सकिन्न भुसालले भने।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |