Awareness Campaign

गुल्मीका ग्रामीण क्षेत्रका बजारमा अनुगमन तिव्र



अनिल खत्री
३ हप्ता अगाडि


Place for ads

२२ फागुन, गुल्मी: गुल्मीमा ग्रामीण क्षेत्रका बजारमा अनुगमन गरिएको छ। सदरमुकाम क्षेत्रमा मात्रै बजार अनुगमन गरिदै आएकोमा पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका पसलहरु पनि अनुगमन गर्ने कार्यलाई तिव्र पारिएको छ।

गाउँका पसलहरुमा अनुगमन पनि काम हुने र म्याद गुज्रेका सामाग्री बिक्री गर्ने गरेको धेरै गुनासो आउन थालेसँगै जिल्लका विभिन्न संघ संस्थाको समन्वयमा बजार अनुगमन गरिएको थियो। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्व चन्द्रको बजार र वामीटक्सार बजार बजार अनुगमन गरिएको हो।

बजार क्षेत्रमा सञ्चालित किराना पसल, मदिरा पसल, हार्डवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको थियो। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए।‌

Forest
Forest
Ad.

२ दिनसम्म गरिएको बजार अनुगमनमा १३६ वटा पसलमा अनुगमन भएको छ  । अनुगमनको क्रममा केही पसललाई सुधारको लागी लिखित निर्देशन दिदै आगामी दिनमा सुधार नदेखिएमा जरिवाना गर्ने गरि सचेत गराइएको अर्यालले बताए।

अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको थियो । त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिईएको छ।

त्यस्तै उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक लिखित निर्देशन दिईएको अर्यालले बताए। अनुगमनको क्रममा १ लाख २८ हजार बराबरको म्याद गुज्रेका सामाग्री बरामद गरेर नष्ट गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो