Awareness Campaign

गलकोट बहुमुखी क्याम्पसमा निर्वाचन समिति गठन तथा निर्वाचन कार्यतालिका प्रकाशन



लालु प्रसाद गैरे
३ हप्ता अगाडि


Place for ads

गलकोट: त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गलकोट बहुमुखी क्याम्पसमा निर्वाचन समिति गठन तथा निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ।

आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गलकोट बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख चुडामणी शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको हो। ३ सदस्यीय निर्वाचन समितिको सदस्यमा विभागिय प्रमुख सहायक प्राध्यापक विर बहादुर बोहोरा क्षेत्री र कृष्ण बोहोरा रहेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिसद्को निर्णय नं. ५ सय ६५ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ अनुसार स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि समिति गठन भएको क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो।

Forest
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो