Awareness Campaign

बोल्न र सुन्न नसक्ने सुमित्राका छोराको जीवन रक्षार्थ सहयोगको अपिल



प्रेम सुनार
४ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिका-३, सिर्सेनी सिम गाउँकी बोल्न नसक्ने चेली सुमित्रा विक परियारका निमोनिया बिमारले सिकिस्त परेका ८ बर्षीय छोरा सहारा परियारको उपचार खर्च अभाव सम्बन्धी समाचार यस ओझेलका खबरबाट प्रसारण भए लगत्तै देश विदेशबाट सहयोग गर्न चाहने महानुभावहरु बढ्दै जानु भएको छ।

यद्यपि ति बालकका अभिभावकको बैंक खाता नभएको र खोल्न पनि नमिलेका कारण सिर्सेनी समाज रुपन्देहीले आफ्नो संस्थाको बैंक खाता नम्बर र क्युआर कोड उपलब्ध गराएको छ।

त्यस संस्थाका अध्यक्ष भिष्म अर्यालले गुल्मी अस्पताल हुँदै अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ति बालकलाई भर्ना गरिएको बताउँदै उनका अभिभावकको नाममा बैंक खाता खोल्न उनिहरुको राष्ट्रिय परिचय पत्र बैंकले अनिवार्य चाहिने भनेको तर उनिहरु संग नभएकाले खोल्न नसकिएको बताउनु भयो।

Forest
Forest
Ad.

यसर्थ उहाँले सिर्सेनी समाज रुपन्देहीको नाममा रहेको शाईन रेसुङ्गा विकास बैंकको खाता नम्बर र क्युआर कोड उपलब्ध गराउनु भएको छ।

सिर्सेनी स्थित भेषबहादुर विककी बोल्न, कान सुन्न नसक्ने छोरी सुमित्राले मालिका गाउँपालिका-६, छापाका काक्कु परियार संग अन्तरजातिय प्रेम विवाह गरेकी थिईन। उनका श्रीमान पनि उनि जस्तै बोल्न, कान सुन्न नसक्ने र आर्थिक अवस्था पनि दयनीय भएका कारण छिमेकी र बाबुको साहरामा सुमित्राले निमोनिया बिमारले सिकिस्त छोराको गुल्मी अस्पतालमा फागनु १० गते उपचार गराउन ल्याएकी थिईन।

   
   

त्यस अस्पतालले रेफर गरिदिए पछि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको सिर्सेनी समाज रुपन्देहीको समन्वयमा उपचार भईरहेको छ।

यसर्थ ति बालको उपचारमा सहयोग गर्न चाहनुहुने महानुभावहरुले त्यस संस्थाका अध्यक्ष भिष्म अर्यालको मोबाईल नम्बर ९८५६०८३५६५ मा वा समन्वयकर्ता गुल्मी सिमिचौरका कृष्णकुमार बस्नेतको मोबाईल नम्बर ९८४७१०४८५० मा सम्पर्क गरी निम्न बैंक खाता र क्युआरमा सहयोग रकम पठाउन अपिल गरिएको छ। सो को जानकारी सहयोगदाताले नाम ठेगाना सहित हाम्रो यसै फेसबुक पेजको कमेन्ट बक्समा गराई दिनुहुन हामी अनुरोध गर्दछौँ।

Awareness by SKF

खातावालाको नाम: गुल्मी सिर्सेनी समाज रुपन्देही
बैंक: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, बुटवल शाखा
खाता नं.: 00100100562850000001

सम्पर्क: ९८५६०८३५६५ (भिष्म अर्याल), ९८४७१०४८५० (कृष्ण कुमार बस्नेत)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →