Awareness Campaign

एमाले प्रवासी संगठनले यसरी सम्झीयो स्वर्गिय झविन्द्रलाई



प्रेम सुनार
४ हप्ता अगाडि


Place for ads

गुल्मी , फागुन १४ । केहि दिन अघि कतारमा सडक दुर्घटनामा परी निधन भएका गुल्मीको मालिका गाउँपालिका –५ छापाहिलेका झबिन्द्र आचार्य प्रति कतार स्थित नेपालीहरुको एक संगठनले शोक विज्ञप्ती मार्फत उनको योगदानलाई उच्च सम्मान गर्दै सम्झीएको छ ।

सन २०२५ , २१ फेब्रुरीका दिन कतारमा सडक दुर्घटनामा परी ३९ बर्षको कलिलो उमेर मै निधन भएका आचार्यको शव हिजो त्यहाँबाट काठमाण्डौं हुँदै हेलिकप्टरमा उनको परम्परागत शाहघाट इस्माको फुलबारीमा ल्याई अन्त्यष्टि गरिएको थियो ।

जहाँ नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च, कतारबाट संस्थागत प्रतिनिधीत्व गर्दै मञ्चका सल्लाहकार तथा गुल्मी सेवा समाज कतारका संरक्षक चन्द्रकोट गाउँपालिका ४ रेमी घर भएका विजयी विक्रम बस्नेत , समाजका संरक्षकहरु इस्मा गाउँपालिका ४ रामकोट स्थित बाबुराम महत , सोही स्थानका रोशन कुँवर , खेमलाल पोखरेल , मालिका गाउँपालिका ५ छापाहिलेका मानवी कार्की , गुल्मी चारपालाका विमल कार्की लगायतको टोली अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आईपुगेको थियो ।

Forest
Forest
Ad.

नेकपा एमालेका संगठित सदस्य तथा अन्तिराष्ट्रिय विभागका सदस्य समेत रहेका स्वर्गिय आचार्य प्रति प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुरामाणि कार्कीद्धारा हस्ताक्षरित शोक विज्ञप्तीमा आचार्यलाई यसरी स्मरण गरिएको छ –‘२१ फेबु्ररी २०२५ मा सडक दुर्घटनामा परि असमायिक निधनको खबरले हामी प्रवासी नेपालीमञ्च कतार लगायत समग्र नेपाली समुदाय नै शोकाकुल बनेको छ ।

झविन्द्र आचार्यले प्रवासी नेपाली मञ्च संग आवद्ध रहि विभिन्न जिम्मेवाी बहन गर्दै संगठनलाई आफु भन्दा बढि प्रेम गर्नु हुन्थ्यो । उहाँले २०७२ साल जेठ ३ गते मञ्चको संगठित सदस्यता ग्रहण गर्नु भएको थियो । त्यस पछि निरन्तर रुपमा संगठनलाई मजबुद बनाउँदै आफ्नो कर्मठता र नेतृत्व क्षमताका कारण मञ्च भित्र बिशिष्ट स्थान बनाउन सफल हुनु भयो ।

सन २०२२ देखि २०२४ सम्मको कार्यकालमा युवा तथा खेलकुद विभागको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरि हाल प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको उद्योग तथा बाणिज्य विभागकको सदस्यका रुपमा सक्रिय हुनुहुन्थ्यो ।

संगठन बाहिर पनि उहाँ गुल्मी सेवा समाज कतारका पुर्व अध्यक्ष , गै्रह आवसिय नेपाली संघ कतारका सहकोषाध्यक्ष तथा नेपाली ब्यवसायी संघ कतारको सदस्य समेत रहनु भएको थियो ।

Awareness by SKF

कतारमा रोजगार संगै व्यवसायिक यात्रा सुरु गर्दै समाज सेवा र संगठनात्मक कार्यमा आफ्नो सक्रिय भुमिका निर्वाह गर्दै आउनु भएका आचार्य दोहको नेपाली समाजमा समेत स्थापित बन्न सफल हुनु भएको थियो । उहाँको सहयोगी भावना , उर्जाशिल व्यक्तीत्व तथा संगठन प्रतिको समर्पणले हामी सबैलाई प्रेरित गरेको छ ।

कम उमेरमै उहाँलाई गुमाउनु पर्दा हामी गहिरो पीडामा छौं । उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा प्रवासी नेपाली मञ्च कतार परिवार हार्दिक समावेदना ब्यक्त गर्दछ । उहाँको अविस्मरणीय योगदान सदा स्मरणीय रहि रहनेछ । ’

सन २००७ देखि कतारको बैदेशिक रोजगारमा रहेका आचार्य बर्षेनी जातेआतेका क्रममा घर आएको बेला गत माघ १८ गते मात्रै कतार उडेको परिबारजनले बताए । उहाँ त्यहाँ पुगेको २० दिन पनि नपुग्दै सडक दुर्घटनामा परी निधन भएका आचार्यको शव फागुन १३ गते गृह    स्थानको शाहघाटमा ल्याई पुराउँदा २५ दिन भएको थियो ।

शाहघाटमा अन्तिम श्रद्धाञ्जली दिन आउनेहरुको सहभागिता कुनै वहालवाला मन्त्रीको भन्दा कम थिएन । आचार्यले जिवित छउँञ्जेल विपदमा परेका मानिसहरुको उद्धार , हरेक कुरामा सहयोगी भावना र समाज प्रतिको उत्तरदायित्व वहनले उनी कुनै पार्टीको कार्यकर्ता भन्दा बढि सामाजिक अभियान्तको रुपमा आफुलाई उभ्याउँदै आएका थिए ।

१२ बर्षको कलिलो उमेर देखि भारताको रोजागारीमा हिडेका आचार्यको संघर्ष , दुख र हण्डरले नै मानव सेवामा उत्प्रेरित गरेको , उनि विपदमा परेका मानिसहरुको भगवान तुल्य पात्र रहेको मालिका गाउँपालिका ५ का वडाध्यक्ष रेखाकुमार जिसीले बताउँदै आएका छन ।

आचार्यको पार्थिव शरिरमा नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्ण बिष्ट सहित सबै दलका नेता तथा विभिन्न तहका जनप्रतिनिधी र समाज सेवीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । आचार्यका श्रीमति र तिन छोराहरु मध्ये कान्छा छोरा सानै भएकोले दुई छोराहरु काजकिरियाको कुनोमा बसेका छन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →