Awareness Campaign

बाग्लुङमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ५ घाईते



प्रेम सुनार
४ हप्ता अगाडि


Place for ads

गुल्मी,  फागुन  १२: छिमेकी जिल्ला  बागलुङको  बडिगाड  गाउँपालिकामा  सोमबार साँझ  पिकपिक जिप दुर्घटना हुँदा दुई  जनाको  मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

बडिगाड गाउँपालिका–७, भिमगिठेदेखि यात्रु लिएर वडा नम्बर १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ वडा  नम्बर ९ मा दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका  वडा  नम्बर ५ का ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय  बाग्लुङले  जनएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका नाईट ड्युटी अफिसर सङ्ग हामीले राति १२:४५ बजेको  समयमा बुझ्दा जिप  उकालो चढ्न  नसकेर  ब्याक हुने  क्रममा दुर्घटना हुँदा २  जनाको  मृत्यु  भएको  र  पाँच जना  घाईते भएको  पुष्टि गरे। घाईतेको  बुर्तिबाङ्ग  प्राथमिक उपचार केन्द्रमा उपचार भएको उनले जानकारी गराए।‌

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →