Awareness Campaign

सुमित्रा बोल्दिनन्, आँसुले बच्चा बचाइदिन भनिरहेकी छन्…



टोपलाल अर्याल
४ हप्ता अगाडि


Place for ads

गुल्मी: सुमित्राका आँखाको आँसुले बेडको छोरा बचाउन आग्रह गरिरहेको थियो। किनकी उनी बोल्दिनन्, सुन्दिनन्। कस्तो बिडम्बना! छोरा रोएको पनि सुन्न नपाउने। बोल्ने भएको भए कति चिच्याएर छोराको लागि हात जोड्थिन होला सुमित्रा।

मदाने गाउँपालिका-३, सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाको छोरा निमोनियाले बेहाल छन्। बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन्। सुमित्रा बेडमा छोरा तड्पिएको देखेर रुन्छिन्। तर, पीडा अभिव्यक्त गर्न सक्दैनन्। किनकी उनी बोल्दिनन्, सुन्दैनन्। छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन्। छोरा शाहारा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर विद्या पन्थीले जानकारी दिइन्।

बच्चाको अवस्था सुधार नभएकाले आइसियु वा भेण्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन्। थप उपचार गर्न बाहिर जान डाक्टरहरुले सुझाव दिएपनि आर्थिक अभावको कारण पीडित परिवारले बेड छोड्न सकिरहेका छैनन्। घरमा छोरा जन्मिएपछि राम्रो स्याहार नभएकाले छोरी माइतमै बस्दै आएको बुवा भेष बहादुर विकले बताए। ‌माइतमा आर्थिक रुपमा जोहो गर्ने कुनै उपाय छैन। बाहिर लैजान केहि ऋणधन जुटाउन घर गएका बुवा पनि केहि उपाय नभएपछि खाली हात अस्पताल फर्किए। छिमेकी खिमानन्द भट्टराईले बच्चाको अवस्था दयानीय भएकाले गाउँबाट अस्पतालसम्म पुर्याएर सहयोग गरे।

Forest
Forest
Ad.

अहिले पनि पीडित परिवार राम्रो ठाउँमा छोराको उपचार गर्न चाहान्छन्। वृद्ध बुवा र अपाङ्गता भएकी छोरीसंग निमोनियाले च्याँपेको बच्चाको सहजीकरण गर्न चुनौती छ। सोमबार बिहानबाट पत्रकार र अधिकारकर्मीहरुले बच्चाको थप उपचारको लागि बाहिर पठाउन सहजीकरण गरिरहेका छन्। गुल्मी अस्पताल तम्घासका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले अहिलेसम्म बच्चाको उपचार र आमाको खानपान अस्पतालले गरिरहेको र बाहिर पठाउन समेत एम्बुलेन्सको निशुल्क व्यावस्था गरिने बताए। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार र पीडित परिवारको सहजीकरणको लागि प्रशासन र सिर्सेनी समाजसंग समन्वय भइरहेको छ।

अस्पतालमा आमाको उपचारका लागि आएका रेसुंगा नगरपालिका-१० का कृष्ण कुमार बस्नेतले आमा र बच्चाको पीडाले आफु पनि बिक्षिप्त भएकाले पत्रकारहरुलाई खबर गरेको बताए। ‘आमा सुन्दैनन्, बोल्दैनन आँखामा आँसु छन्। बच्चा पीडा रोएर कोठा थर्काउँछन्,’उनले भने,‘अबोध बच्चाको उपचारमा पत्रकारले खेलेको भूमिका उत्कृष्ट लाग्यो।’

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →