Awareness Campaign

गुल्मीमा नवजात शिशु र आमा बिचल्लीमा, स्थानीय सरकार अनभिज्ञ (भिडियो सहित)



प्रेम सुनार
४ हप्ता अगाडि


       

Place for ads

गुल्मी: परपुरुष संगको अवैध सम्बन्धबाट गुल्मी धुर्कोट गाउँपालिका-२ की एक महिलाले शिशु (छोरी) जन्माएर सदरमुकाम तम्घासको एक संस्थामा आश्रय लिएर बसेको पनि झण्डै एक महिना हुन लाग्यो। उनको बिचल्लीको खबर सञ्चार माध्यममा पनि निकै भाईरल भयो तर नजिकको सिंहदरबार भनिएको स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरुले भने यसबारे आफुहरु अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन।

गत माघ १६ गते पेट दुख्यो भन्दै माईतीबाट गुल्मी अस्पताला आएकी नाम गोप्य राखिएकी २५ बर्षिया ति महिलाले छोरी जन्माएकी थिईन। श्रीमान विदेशबाट आएको पाँच महिना मै सन्तान जन्माए पछि सोधपुछका क्रममा ति महिलाले उक्त सन्तान सोही ठाउँका २१ बर्षीय युवक दिपेश जिसीको अवैध सम्बन्धबाट जन्मिएको बताए पछि उनकी घरनघाट जस्तै बनेकी हुन्। अवैध गर्भधारणबाट सन्तान जन्मिएको आरोप लगाईएका दिपेश जिसी उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी जिरञ्जीवी दाहलले जानकारी दिनुभयो।

उनले आरोप लगाएका जिसीको घरमा श्रीमती र एक छोरा छन। उता विदेशबाट फर्किएका उनका विवाहित श्रीमान तर्फ पनि दुई सन्तान छ। अब परेन फसाद?! विवाहित श्रीमानकै घर जाउन् भने अवैध सम्बन्धबाट अर्कैको सन्तान जन्मिएको आफै भन्छिन्। उता ति आरोपित युवकको घर जाउन भने उनकी श्रीमतिले बहुविवाहको मुद्दा दिने खतरा छ।

Forest
Forest
Ad.

यसरी घर न घाटको अवस्थामा पुगेकी ति महिला गत २५ दिन देखि सदरमुकाम तम्घासमा अलपत्र परेकी छन। ती अलपत्र महिलाको उद्धार र सुत्केरी अवस्थामा राहत दिन नजिककको सिंहदरबार भनिएको स्थानीय सरकारका कुनै मान्छे फर्केर नहेरेको उनलाई हाल सम्म संरक्षण दिँदै आएको तम्घासको अमरकल्याण महिला बहुउद्देश्यीय सहकारी संस्थामा स्थापना भएको महिला सामुदायिक सेवा केन्द्रकी प्रबन्धक अञ्जु पन्थी बताउनु हुन्छ। उहाँले आफुहरुले माघ १९ गते देखि सुत्केरी र नवजात शिशुको रेखदेख गर्दै आएको जानकारी दिनुभयो।

त्यस सेवा केन्द्रमा ति नवजात शिशु र सुत्केरी ति महिलालाई सेवा केन्द्रले स्याहार सुसारमा कमी गरेर नराखेको भए पनि स्थानीय सरकार झण्डै एक महिना पुग्दा पनि रमिते बनेको अधिकारकर्मीहरुको ठम्याँई छ। मानव अधिकारकर्मी तथा पत्रकार टोपलाल अर्याल भन्नुहुन्छ, ‘यतिका दिन देखि ति महिला र नवजात शिशुको बिचल्लीको खबर सञ्चार माध्यममा आईसक्दा समेत तीनै तहको सरकारको ध्यान नपुग्नु दुर्भाग्यपूर्ण कुरा हो।’

‘स्थानीय सरकार संग समन्व्य गरी यी महिलालाई न्याय दिलाउन र सुत्केरी पोषण लगायतको राहत दिलाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले के भुमिका खेल्यो त?’ भनेर हामीले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे संग सोध्दा उहाँले गुल्मी उद्योग वाणिज्य संघबाट १० हजार रुपैयाँ राहत दिलाउन समन्वय गरिएको र कर्मचारीहरुको तर्फबाट पनि राहतका लागि छलफल भईरहेको बताउनु भयो।

औपचारिकतामा केन्द्रित सामाजिक न्याय 
महिला हिंसा विरुद्धको १६ दिने अभियान स्थानीय सरकारले बडो तामझामका साथ मनाए। अब फेरी यहि फागुन २४ गते महिला दिवस मनाउन स्थानीय सरकारले तयारी गरेका छन। संयोग गत झण्डै एक महिना देखि स्थानीय सरकार रेसुङ्गा नगरपालिकाको आँखै अगाडीको भवनमा अलपत्र परेकी ति महिला र उनको नवजात शिशुको संरक्षणमा किन ध्यान दिन सकेन त भनेर हामीले उपमेयर अमृतादेवि कुवँरलाई पनि गरेर ध्यानाकृष्ट गरायौँ। जवाफमा उहाँले आज महिला दिवस मनाउने बारे बैठक बस्दैछ भन्नुभयो। र पनि उहाँले तत्काल भेटने समय दिनु भयो र कार्यकक्षमा पुगेर ध्यानाकृष्ट गराएका थियौँ।

Awareness by SKF

‘तपाईँले यो कुरा भनेर मात्रै जानकारी पाईयो। बेलैमा जानकारी पाएको भए हामीले विगतमा पनि अन्य पालिकाको घटना नभनी सहयोग गरेको कुरा तपाईलाई पनि थाहा छ। केहि बर्ष अघि धुर्कोटका एक जना व्यक्तिको तम्घासमा मृत्यु हुँदा उनका परिवारले चन्दा मागेर किरिया खर्च चलाएको थाहा पाउना साथ रेसुङ्गा नगरपालिकाले उनिहरुलाई कुनै कुराको कमी नहुने गरी राहत वितरण गरेकै हो। अन्य थुप्रै त्यस्ता विपदमा परेकाहरुलाई राहत प्रदान गर्दै आएको हो। अहिले यो घटना हामीलाई भर्खर मात्रै थाहा भयो। अब हामी के कति हुन्छ सहयोग गर्ने छौँ।’ उपमेयर कुँवरले भन्नुभयो। उहाँले हामी संग अनौपचारिक रुपमा १० हजार सम्म ति महिलालाई सहयोग गर्ने सुनाउनु भएको छ।

यी महिलाका विषयमा अझ पहिला चासो जानु धुर्कोट गाउँपालिकाको हो। किन अहिले सम्म चासो दिइएन त भनेर हामीले धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरीको ध्यानाकृष्ट गराएका थियौँ। उहाँले त यो घटना थाहै नपाएको प्रतिकृया दिदै भन्नु भएको छ, ‘अब हामी यस घटना बारे बुझेर आवश्यक सहयोग गर्नेछौँ।’

यी र यस्ता पिडित महिलाहरुलाई न्यायका लागि कानुनी ढोका सम्म उभ्याउनका लागि तत्कालिन महिला विकास कार्यालयल पुनर्स्थापना केन्द्र अर्थात सेफ हाउस स्थापना गरेको थियो। उक्त कार्यालय खारेज भए पछि सामुदायिक महिला सेवा केन्द्रको जिम्मा अमरकल्याण महिला बहुउद्देश्यीय सहकारी संस्थालाई दिईएको थियो। तर यो सेवा केन्द्र पनि आर्थिक अभावमा जकडिएको छ। यसलाई स्थानीयतहले बेवास्ता गरेको बताईन्छ। यस सम्बन्धमा त्यस सेवा केन्द्रकी प्रबन्धक अञ्जु पन्थी संग हामीले कुराकानी गरेका थियौँ। त्यस क्रममा उहाँले कुनै पनि स्थानीय सरकारका मानिसहरुले अहिले सम्म वास्तै नगरेको बताउनु हुन्छ।

‘चरी लैजा समाचार, हामी भयौ बेघरबार’
यी बेलाको बिचल्लीको खबर नयाँ पत्रिका लगायका सञ्चार माध्यममा आएर सर्वसाधरणले समेत चासो दिएका छन। यहाँ स्थित गैह्र सरकारी निकायले पनि ति महिलालाई आफुसक्य राहत दिएका छन। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले कर्मचारीको तर्फबाट ति महिलालाई राहतका लागि छलफल भईरहेको बताउनु भएको छ। तर स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरुले अहिले सम्म थाहा पाउन नसक्नु भनेको कतै उहाँहरुले समाचार पढ्ने र सुन्ने गर्नुहुन्न कि भन्ने लागेको छ।

वा पढेको सुनेको, सबै कुरा थाह भएर पनि थाहा नपाए जस्तो गरिएको हो भने उहि एउटा गीत छ नि ‘चरी लैजा समाचार, हामी भयौ बेघरबार’ भनेर बाढी पहिरो पिडितको बिलौना गीतमा गाईए जस्तो हो। आज बिहान धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको ध्यानाकृष्ट गराउँदा अञ्जय पन्थी (भाउजु) ले आफुलाई बताएको तर आफु काठमाण्डौ र अहिले पोखरा भएकोले ढिलाई भएको तर आफु केहि दिन पोखराको एक कार्यक्रममा रहने भएकोले आवश्यक सहयोगका लागि ति महिलालाई उपाध्यक्ष सिता गिरी संग फोन सम्पर्क गरे सहयोग हुने उहाँको भनाई थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →