गुल्मी, फागुन– ११ । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीका एक दम्पत्ती आफ्नै घरमा मृत फेला परेका छन । त्यस गाउँका ६० बर्षीय रामबहादुर परियार र उनकी ५६ बर्षीया श्रीमति हुकुमा परियार घरमा मृत फेला परेका हुन ।
फागुन ९ गतेराती घरमा खान खाई सुतेका उनिहरु बिहान अबेर सम्म नउठे पछि छिमेकीले त्यस्तो अबस्थामा देखे पछि नजिकको तिराम प्रहरी चौकीलाई खबर गरेका थिए ।
आईतबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपेश बस्याल संग संग सम्पर्क गर्दा आफु अहिले पनि घटनास्थलमै रहेको बताउँदै भने –‘ यी दम्पत्तीको शरिरमा गहिरो चोट लागेको छ । धारिलो हतियार प्रयोग गरेको र कसैले हत्या गरेको आशंका छ । ’
। उनले थप अनुसन्धानका लागि भैरहवाबाट तालिम प्राप्त कुकुर मगाईएको बताए । डिएसपी बस्यालले उनिहरुका चार छोराहरु ईण्डियामा बस्ने गरेको र छोरीहरुको बिबाह दाङ्गतिर रहेकोले अहिले आई पुगेको बताए । घर भित्र उनिहरुको शव रक्ताम्मे अबस्थामा भेटिएको उनले बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |