गुल्मी: गुल्मीको मालिका गाउँपालिका-५, छापाहिले निवासी युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको कतारमा सडक दुर्घटनामा मृत्यु घटनाबारे बुझ्दा उनी त्यहाँ पुगेको एक महिना पनि नपुगेको पाईएको छ।
त्यस वडाका वडाध्यक्ष रेखा कुमार जिसी संग बुझ्दा उनी कतार पुगेको १५/१६ दिन मात्रै भएको बताए। माघे संक्रन्ति लेकपोखरामा आएका आचार्यले कलाकार र संचारकर्मीहरुलाई खाजा खुवाएर सोही दिन छोरा बिरामी परेको भन्दै आफ्नो गाडी लिएर हिँडेका थिए। त्यहीँ मेला नै उनको अन्तिम बन्न पुग्यो।
आचार्यले कतारमा आफ्नै गाडीमा नेपाली झण्डा फर्फराउदै नेपालीहरुलाई ओसारपसार गर्दै आएको वडाध्यक्ष जिसीले बताए।
उनी झ्याउरे गीत, भजन र नौमती बाजा प्रेमी थिए। गाउँमा नाचगान रमाईलो गर्दै साथीभाईहरु सङ्ग रमाउने गर्थे। प्रायः हरेक वर्षको लेकपोखरा मेला नछुटाउने आचार्यले लेकपोखराको मन्दिर निर्माण देखि माघे संक्रान्ति मेला खर्चको सहयोग गर्दै आएका थिए।
प्रवासका विभिन्न संघ संस्थामा आवद्ध उनले थुप्रै नेपाली कलाकार, विभिन्न दलका नेताहरुलाई कतार झिकाउने गर्थे।
सन २००७ देखि कतार बसेका ४० बर्षको उमेरमा मृत्यु भएका उनका तीन छोरा र श्रीमति छन। उनको शव पर्सी सम्म काठमाण्डौ हुँदै गाउँमै झिकाउने तयारी भएको वडाध्यक्ष जिसीले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |