Awareness Campaign

कतारमा सडक दुर्घटनामा गुल्मीका युवा उद्यमी आचार्यको निधन



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका-५, छापाहिले निवासी युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको कतारमा सडक दुर्घटनामा परी मृत्यु भएको छ। सडक दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको कतारको हमाद हस्पिटलमा मृत्यु भएको दु:खद खबर आएको त्यस वडाका वडाध्यक्ष रेखा कुमार जिसीले जानकारी दिए।

गुल्मी सेवा समाज कतारका पूर्वअध्यक्ष कुमार अविरल पन्थीका अनुसार ४० बर्षिय आचर्य सन २००७ मा कतारको वैदेशिक रोजगारीमा पुगेर अहिले आफ्नै व्यवसाय गरेर बस्थे।

बुटवलमा घर बनाएर परिवारलाई उतै राख्दै आएका आचार्य गत बर्ष घर आउँदा सुविधा सम्पन्न गाडी किनेर गाउँ सम्म आएका थिए। आचार्य गाउँको सामाजिक विकास देखि कतारमा विपदमा परेका नेपालीहरुको उद्धारमा अहोरात्र खट्दै आएका थिए।

Forest
Forest
Ad.

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष रहेका आचार्य गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष समेत थिए।

उनि भुकम्प पीडित, कोरोना महामारीको बेला गृह जिल्लावासीको उद्धारमा खटेका थिए। आर्थिक अभावमा परेका सयौँ बिरामीलाई उनले आर्थिक सहयोग गरेका थिए। उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा ठुलो टेवा पुर्याउदै आएका थिए।

   
   

उनको योगदान अतुलनीय रहेको र गाउँको एक होनहार युवालाई गुमाउनु पर्दा गाउँवासी मर्माहत भएको वडाध्यक्ष जिसीले बताए। छापाहिलेका समाजसे‌वी चन्द्र बहादुर महतराका अनुसार बुटवलबाट श्रीमति र तीन छोराहरूलाई अस्ति राति घर ल्याईएको छ। आचार्यको शव भोलि बेलुका वा पर्सी सम्म काठमाडौं आउन सक्ने महतराले बताए।

छापाहिलेलाई चिनाउन आचार्यले गुल्मी छापाहिलेमा बोलको गीत बजारमा ल्याएका थिए। जुन निकै लोकप्रिय बनेको छ। अत्यन्तै मिलानसार आचार्य निकै हँसिला र फरासिला थिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →