Place for ads

Awareness

तीन ठूला हत्याकाण्ड सुल्झाउन एसपी र सिडिओलाई ‘फलामको चिउरा’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

Author
प्रेम सुनार


साउन ५, २०७८, गुल्मी

घटना-१
मिति : २०७७ भदौ २२
समय : बिहान ६. ३० बजे
स्थानः गुल्मीको इस्मा गाउँपालिका-२, छिनुवा स्थित न्यू भुमरी होटल
घटना: २३ वर्षिय मोतीबहादुर कुँवर शरिरका विभिन्न भागमा चोटपटकसहित रक्ताम्मे अवस्थामा होटलको डहरमा मृत फेला
प्रहरीको निष्कर्ष: अज्ञात व्यक्ति वा समुहबाट हत्या

Get Vaccinated

घटना-२
मितिः २०७७ माघ ३ गते
समय : दिनको १.३० बजे
स्थानः रेसुङ्गा नगरपालिका-१४, पराल्मी, रातमाटा
घटनाः स्थानीय ४९ तुलबहादुर वि.क. घाँस काट्न गएको बेला उनलाई अज्ञात व्यक्तिद्वारा भरुवा बन्दुक प्रहार गरी हत्या

घटना-३
मिति : २०७७ माघ २९ गते
समयः साँझ ९ देखि राती १२ बजेको बिच
स्थानः रेसुङ्गा नगरपालिका-३, भाडगाउँ
घटनाः साँझ ३ अपरिचित ३ जना व्यक्ति आई अपहरण गरी लगे। दोश्रो दिन प्रहरीलाई बयान दिएकी उनै सासु द्वारा अर्को दिन आत्माहत्या। घटना थप रहस्यमय तर घटना महिनौँ सम्म रहस्यकै पर्दा भित्र।

यी हुन् २०७७ साल भदौ २२ देखि माघ २९ सम्मका गुल्मीमा घटेका तीन ठूला हत्याकाण्ड। पहिलो हत्या काण्डको दोश्रो हत्या काण्डको १ सय ६२ दिन अर्थात ५ महिना १२ दिन बिति सक्दा समेत पहिलो हत्या काण्डको हत्यारा पत्ता लगाउन प्रहरीले सकेको थिएन। पहिलो घटनाको १ सय ८१ दिन पुग्दा फेरी तेश्रो हत्या घटना घट्यो। अर्थात् ६ महिना १ दिन बितिसक्दा पनि पहिलो घटनाकै हत्यारा पत्ता लगाउन सकेन प्रहरीले। त्यही पछिल्लो घटना जसलाई पछि सम्झना हत्याकाण्डका रुपमा चर्चामा रह्यो।

माघ २९ गते देखि बुहारी सम्झना बेपत्ता, दुई दिनपछि फागुन १ गते उनकी सासु घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला । घटना निकै रहस्यमय रह्यो । सर्वसाधरण सरोकारवालाहरुलाई हिन्दी साजिस् फिल्म जस्तै लाग्यो । तरंगित र त्रसित भयो गुल्मेली समाज ।पुरुष बेपत्ता भए कठै कसैले मारेकी भनेर चिन्ता गरिन्छ । तर, महिला बेपत्ता भयो भने उसको चरित्र माथि धावा बोलिन्छ । त्यही मानसिकताको शिकार भइन्, बेपत्ता सम्झना पनि । कुन चाँही ‘परपुरुष’ घरमा बोलाएकी थिई र छोरा नै छाडेर उसैसित ‘पोइला’ गई’– गउँघरे उनै शब्द बाणले उनको चरित्र माथि धावा बोलीनै रहे।

Awareness by SKF

सोसल मिडियामा कतिपयले त उनलाई घर आएको भनिएको त्यही परपुरुषलाई मासु र रक्सी पोस्ने र स्वयम्लाई पनि जँड्याहासम्म बनाइयो । तर उनको सास र लास धेरै दिनसम्म पनि अत्तोपत्तो लाग्दैन । पहिलो र दोश्रो हत्या घटना पत्ता लगाउन नसकेर आक्रोषित भएका गुल्मीबासीलाई पछिल्लो तेश्रो घटनाले आगोमा घ्यू थप्ने काम गर्यो । यी तीन वटै घटना घट्दा वर्तमान जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराई थिएनन् । पहिलो हत्या घटनामा हालकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा थिइनन् । पुष ८ गतेदेखि प्रमुख जिल्ला अधिकारी शर्माको पहिलो हत्या घटनाले प्रायः दिनहुँ सरोकारवालाले टाउको खाई रहेका बेला पछिल्लो दुई हत्या घटना थप फलामको चिउरा सावित हुन पुग्यो उनलाई।

त्यतिबेला प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठ थिए। भरतकुमार शर्मा हिँडेपछि प्रमुख जिल्ला अधिकारीको शर्माको कार्यकक्षमा दुई–चार दिन बिराउँदै ध्यानकृष्ट गराउन आउने सरोकारवालाका सामु प्रहरी प्रमुख श्रेष्ठले जहिले पनि एउटै शब्द दोहराउँथे –‘ अनुसन्धान कार्य जारि छ ।’ उनले दोहराई रहने त्यो शब्दले सञ्चारकर्मीहरु पनि वाक्क–दिक्क भई रहेको बेला , यसै समाचारदादाले – थााह छैन, अपराधी वारी न पारी छ ,प्रहरी भन्छ ‘अनुसन्धान जारी छ’ यो शिर्षकमा दबाबमूलम स्टोरी पनि लेख्यो। तेस्रो भादगाउँ घटनाको सत्य तथ्य बाहिर ल्याउन ढिलाई गरेको भन्दै फागुन ६ गते सयौंको समूहमा भादगाउँबासी नाराबाजीसहित आक्रोश पोख्न जिल्ला प्रशासन घेराउमा आए।

सुरक्षाकर्मीको बाक्ले घेरा तोड्दै जिल्ला प्रशासनको फलामे गेट समेत तोडेर आन्दोलनकारी प्रशासन भित्र प्रवेश गरे । ‘निरह प्रशासन जिल्ला छोड, बेपत्ता बुहारी छिटो खोज’को नारा लगाइयो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा उभिएका प्रहरी प्रमुख श्रेष्ठले निरिहता नै देखाउँदै भन्दै थिए , के गर्ने हामी अनुसन्धानमा नजुटेको होइन तर, परिणाम नै हाता लाग्न सकेन।’

सरोकारवालाले उनीहरुलाई झोला नै बोकेर घर जान चूनौती थिए । त्यति बेला प्रमुख जिल्ला अधिकारी शर्माले केन्दित्र अनुसन्धान ब्यूरोबाट विशेष टोली आफूले मगाएको सम्भवतः भोलि नै आउने र छिट्टै परिणाम निस्किने आश्वासन दिएर आन्दोलनकारीका अगुवाहरुलाई पठाएकी थिइन् । केहि राजनीतिक दलका नेताहरुले कमजोरी प्रहरी प्रमुख कै ठम्याए ।

COVID-19

प्रहरीको माथिल्लो तहलाई फोन गरेर अनुसन्धानमा विशेष दख्खल राख्ने प्रहरी प्रमुख गुल्मी पठाई दिन आग्रह गरे । नभन्दै प्रहरी प्रमुख श्रेष्ठको अन्यत्रै सरुवा भयो । नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न एसपी गोपालचन्द्र भट्टराई फागनु २१ गते आइपुगे । प्रमुख प्रहरी प्रमुखको रवंैयालाई सम्झेर उनी आए पनि ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान जस्तै त हुने होइन भनेर आशंका गर्दै थिए । उनले आफू दुई हप्ता अघि नै पछिल्लो भादगाउँ घटनाको अनुसन्धान जिल्लामा रहेका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेसँग समन्व्य गरि अनुसन्धान थालेको बताउँछन्।

यसरी परिणाम हाता लाग्यो: प्रहरी प्रमुख भट्टराई
गुल्मीका प्रमुख प्रहरी गोपालचन्द्र भट्टराईले भने–‘मलाई माथिबाट गुल्मीमा समस्या छ ,त्यही समस्या समाधानका लागि तपाइँलाई पठाइँदै छ भनेर पठाईएको हो। मलाई राम्रो काम गर्छ भनेर पठाइएपछि मैले परिणाम निकाल्न सकिन अर्थात् मलाई आफूले प्रमाणित गरेर देखाउन सकिन भने गार्हाे हुन्छ भनेर लागें। नभन्दै भादगाउँ घटनाको परिणाम हाता लाग्यो । जुन म गुल्मी आउनुको ३ दिनअघि अर्थात् फागुन १८ गते भाडगाउँ घटनाको सत्यतथ्य बाहिर आयो । यसमा मैले साथीहरुलाई परिचालन गरें , साथीहरुले पनि मेहनत गर्नुभयो । जसका कारण प्रहरी र समुदाय बीच बिग्रेको सम्बन्ध सुध्रियो र समुदायकको नजिक पुगेर सम्बन्ध सुधार्नेतर्फ मेले अलि बढी जोड दिएँ । समुदायको साथ रह्यो र प्रहरीको परिचालन दुबैले काम गर्यो अन्ततः तिन वटै पुराना केशहरुको परिणाम हाता लागेको हो।’

‘जो चोर उसैको ठूलो स्वर’
जिल्ला प्रशासन घेराउको आन्दोलनमा सबैभन्दा चर्को नारा , आक्रोषितहरुलाई घिउ थप्दै अग्रमोर्चामा उदण्ड ब्यवहार देखाउने भादगाउँकै लालबहादुर खत्री थिए । उनी बेपत्ता र पछि फागुन १८ गते बेपत्ता भएको १९ दिन पछि घरै मुनीको झाडीमा बोरा भित्र विभत्स अवस्थामा मृत फेला परेकी सम्झनाका कान्छा ससुरा थिए । उनैले शवको सुँईको दिए । त्यस अघि पनि फोनमा उनको गतिविधी प्रहरीले सुँईको पाई सकेको थियो । आखिर उनैलाई उसैदिन प्रहरीले समात्यो । उनले आफूले हत्या गरेको स्वीकार गरे । तर, उनकी भाउजु अर्थात् सम्झनाकी सासु बुहारी बेपत्ता भएको दुई दिनपछि किन झुण्डिएर आत्महत्या गरिन् भन्ने अझै प्रहरीले खुलाएको छैन। जेहोस् बुहारीको हत्या अभियोगी खत्रीलाई चैत्र २५ गते अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

त्यतिबेला प्रहरीले विवेक पुराउन नसकेको अर्को एउटा पाटो पनि छ। छोरी सम्झना बेपत्ता भएकोमा आक्रोशित माइतीजनले आत्माहत्या गर्न बाध्य पारेको आरोप लगाउँदै उल्टै सम्झानका श्रीमानले जाहेर दिए अझ भनौं जाहेरी दिन उक्साईयो र पीडित सम्झनाका बाबु हरिबहादुर बोहरालाई हिरासतमा समेत राखियो । अन्य परिवारका सदस्यलाई पनि तनाव दिइयो । प्रहरी प्रमुख श्रेष्ठ भन्छन ,–‘ हेर्नुस त आखिर कुरा त अर्कै रहेछ त । प्रशासन घेराउ त्यो नारावाजी , प्रहरीलाई स्वतन्त्रपूर्वक काम गर्न दिइयो भनेर प्रहरीले पनि ईमान्दारितापूर्वक काम गर्न पाए परिणाम हाता लाग्छ भन्ने भादगाउँ घटना एउटा दृष्टान्त हो र सन्देश पनि त्यसले दिएको छ ।’

तेस्रो घटनाको सफलतापछि लगत्तै दोस्रो पराल्मी रातामाटा भरुवा बन्दुकद्धारा हत्या काण्डका परिणम प्रहरी प्रमुख श्रेष्ठले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै बाहिर आयो । माघ ३ गतेको घटना अर्थात ५६ दिन पछि चैत्र २९ गते गुमराह त्यस हत्या काण्डमा संलग्न भएका गुल्मीदरबार गाउँपालिका-१, लुम्पेक गाउँका ३१ वर्षिया पोमबहादुर घर्तिलाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि प्रहरीले अन्कन्टार भिर ,झाडी र खोलाको खोंचमा लुकाएर राखिएको उक्त बन्दुक समेत फेला पार्याे। अन्ततः घटनाको २ महिना २६ दिन पछि हत्यरा पत्ता लगायो। अदालतले निज घर्तीलाई बैशाख २५ गते पुर्वक्षका लागि थुनामा पठाएको थियो।

थप चुनौतीपूर्ण छिनुवा हत्या काण्डको पनि चिरफार
त्यसपछि प्रमुख श्रेष्ठको मिशन नं.३ अर्थात् हत्यारा पत्ता लाग्न नसकेको पहिलो हत्या काण्डो अनुसन्धानको दुर्बिन सवै एङ्गलमा गुमाउन थालियो। अन्ततः स्थानीयको मुखमा घटना झ्यासमिस भयो, मर्यो सिद्धियो। अब त कसले कति बेला मार्छ र मोतीबहादुर कुँवर जस्तै कुकुरको मराई जस्तो भइने भो भनिए र त्रास सिर्जना भई रहेको बेला त्यस पहिलो हत्या घटना जसलाई छिनुवा हत्या काण्डका रुपमा चिनिन्छ । २०७७ भदौं २२ गते घटेको त्यस घटनाको हत्यारा झण्डै ९ महिना पछि २०७८ बैशाख १७ गते हत्यारा पत्ता लाग्यो । हत्यामा संलग्न ईस्मा गाउँपालिका १ का १९ बर्षीय शुसिल कुमाल , सोही स्थानका नाबालक अन्य चार जना पक्राउ परे । ती मध्ये नावालकहरुलाई यहि जेठ ६ गते जिल्ला अदालतको फैसला अनुसार भैरहवास्थित बालसुधार गृहमा पठाईएको छ भने उमेर पुगेका शुसिल कुमालाई पुर्वक्षका लागि कारागार चलान गरिएको छ।

यसरी प्रहरी प्रमुख श्रेष्ठले जिम्मेवारी सम्हालेको ३ महिना भित्र मै दिन वटै गुमराह हत्या काण्डको चिरफार हुन सकेको छ । त्यस्तै जिल्लाको समग्र शान्ति सुरक्षको जिम्मा पाएको र जस अपजलको जिम्मा पनि आफैले लिनु पर्ने प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी सम्हाललेका ६ महिना भित्र मै शान्ति सुरक्षाप्रति जनताको आशा र भरोसा पुरा गरेर पुरानै लयमा जिल्लाको शान्ति सुरक्षा को स्थित फर्काउन र प्रशासन र समुदाय विचको सम्वन्ध सुधार गर्न सफल भएका छन । सदरमुकामबाटै धमाधम सवारी साधन चोरी गर्ने तर चोरी गर्ने ब्यक्ति फेला नपर्ने गरेकामा संगठित गिरोह समातिएका छ । पूर्व सिडियो र एसपीलाई गुल्मीका ती तीन वटा हत्या घटना फलामको चिउरा सावित भई रहेको दृष्टान्तका समूह बर्तमान सिडियो र एसपीले फलाम कै चिउरा चपाउन सफल भएको सरोकारवालाको बुझाई छ।

सरोकारवालाहरु यसो भन्छन्:
नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे भन्छन्–‘ गुल्मीका तीन वटा घटनाको सत्यतत्य बाहिर आउँदा कुनैपनि घटनालाई गम्भीरतापूर्वक लिई गहिरो अनुसन्धान गर्ने ईच्छाशक्ति देखाए नेपाल प्रहरी जस्तो सुकै अनसुन्धानमा पनि अब्बल छ भनेर अहिलेका प्रहरी प्रमुख भट्टराईले देखाको र उहाँलाई धन्यवाद नदिई रहन सकिदैन।’उनले सुरक्षा निकायहरुको प्रमुखको नाताले वर्तमान प्रमुख जिल्ला अधिकारी शर्मालाई पनि यो सफलताको श्रेय जाने बताउँदै दुबैलाई धन्वाद दिए। नेकपा माओवादी केन्द्र गुल्मीका अध्यक्ष विरबहादुर कार्की (चाहल) ले अहिलेका सिडियो र एसपीले जिम्मेवारी पछि हाल सम्म उनीहरुको भुमिका राम्रै रहेको र आगमी दिनमा पनि यस्तै अपेक्षा गरिएको बताए।

नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले प्रहरी प्रशासनको पछिल्लो यो सफताले स्वभाविक रुपमामा जनतामा आशा र अपेक्षा पलाएको र पार्टीको तर्फबाट धन्यवाद दिनै पर्ने प्रतिकृया दिए । नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले अहिलेका प्रहरी प्रमुखले निकै राम्रो काम गरेको प्रतिकृया दिए।

ती तिन वटै हत्या काण्डका दोषी पत्ता लगाउन नसकेर हामीले कतिपटक विरोध गरियो। कतिपटक डेलिगेशन गइयो र कति पटक विज्ञप्ती पनि लेखियो तर हत्यारा पत्ता लगाउन त्यति बेलाको प्रहरी नेतृत्वले सकेको थिएन तर, नयाँ प्रहरी प्रमुख आए लगत्तै निकै मेहनत गरेर घटना बाहिर ल्याए उहाँलाई धन्यवाद नदिई रहन सकिन्न। काठमाण्डौको टोखा नगरपालिका घर भएका श्रेष्ठ २०५६ साल असारमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी सप्तरीको प्रहरी प्रमुख छँदा आफु नजानुको अघिल्लो बर्ष भन्दा दोब्बर राजश्व संकलन गरेर चर्चामा आएका थिए।

सिमा नाकाबाट हुने चोरी निकासीमा उनले प्रहरीको मिलोमोतो रोकेपछि दोब्बर राजश्व संकलन भएको बताइन्छ। त्यस्तै उनी रामेछाप जिल्लाको प्रहरी प्रमुख छँदा २० औ बर्ष अघि मान्छेको हत्या गरेर नेपाली सेनामा नाम बदलेर भर्ती भई १६ वर्ष जागिर खाइसकेको ब्यक्तिलाई समेत अनुसन्धानको दायरामा ल्याई कानूनी कठघरामा उभ्याउन सफल भएको भन्दै २०७० साल तिर राष्ट्रिय सञ्चार माध्यमले महत्वका साथ समचार सम्प्रेषण गरेका थिए । उनी पछिल्लो चरण प्रहरी प्रधान कार्यालयको कानून शाखाबाट गुल्मी सरुवा भएका हुन् । उनले प्रहरी प्रतिष्ठानमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै कोहलपुर ईलाका प्रहरी कार्यालयको प्रमख लगायतका विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनी पुलिस एडभाईजरका रुपमा ४ वर्षसम्म अफ्रिकी मुलुकमा खटेर प्रहरीको अन्तर्राष्ट्रिय अनुभव समेत संगालेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया