Clean Water Campaign

Awareness Campaign

गुल्मेली गायक कृष्ण गौतमको पञ्चेबाजा गीत ‘ढोरपाटन ढोर’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मेली गायक तथा सर्जक कृष्ण गौतमको पञ्चेबाजा गीत ‘ढोरपाटन ढोर’ कृष्ण गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस गीतमा स्वर स्वयं कृष्ण गौतम र ज्योति खरेलको रहेको छ।

मौसम अर्याल र ओम सेन्चुरीको शब्द सिर्जनामा रहेको गीतमा संगीत तथा थेगो गायक कृष्ण गौतमको रहेको छ भने एरेन्ज चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगरले गर्नुभएको छ। यस गीतको म्युजिक भिडियोमा मुख्य अभिनय विनोद भण्डारी, दिव्यानी वली, अनिल पौड्याल र सरिता दानकुटीको रहेको छ। म्युजिक भिडियोमा बागलुङको निशिखोला र यस आसपासका रमणीय स्थलहरु देख्न पाइन्छ।

विनोद भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गर्नुभएको हो। निकै मेहनत साथ निर्माण गरिएको यो सिर्जना उत्कृष्ट बनेको र धेरै दर्शक तथा श्रोताको माया पाउने विश्वास लिएको गायक गौतमले ओझेलका खबर डटकम संगको कुराकानीमा बताउनुभयो। गायक तथा सर्जक गौतमको यसअघिको पञ्चेबाजा गीत ‘मालिकामा टल्क्यो गजुर’ ले पनि धेरै दर्शक तथा श्रोताको मन जित्न सफल भएको थियो।

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो