गुल्मी: विद्यालय समयमा डोजर चलाउन हुँदैन भन्ने सावधानी एक घटनाले दुई बर्ष अघि नै गुल्मीका सरोकारवालालाई गराइसकेको थियो। तर सरोकावालाले त्यसको बेवास्ता गर्दा दुई बर्ष नपुग्दै आईतवार फेरि अर्को विद्यार्थीको डोजरले ज्यान लिएको छ।
आईतबार जिल्लाको इस्मा गाउँपालिका-२, छल्दिटार निवासी पालुखा माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत छात्रा ७ बर्षिया बालिका विष्णु कुमाल जसरी डोजरले ढुङ्गा पल्टाएर घाईते संगै स्कुल ड्रेस मैउनको शव देख्नु पर्यो ठिक सोहि समयमा दुई बर्ष अघि मुसिकोट-२, अर्मजा स्थित हरि बहादुर रायमाझीका १४ बर्षिय छोरा गगन रायमाझी पनि डोजरले पल्टाएको ढुङ्गाले किचेर स्कुल ड्रेसमै उनको मृत्यु भएको थियो।
उनि मुसिकोट नगरपालिका-३, मैदान स्थित फुपु लक्ष्मी कार्कीको घरमा बसेर नजिकैको पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थे। २०७९ साल जेठ २६ गते रातडाँडा भन्ज्याङ्ग मैदान सडक खण्डको ठुलापोखरा स्थित सडक फराकिलो पार्ने क्रममा स्कुल जान लागेका गगनको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएको थियो। काठमाण्डौको सुर्य कन्स्ट्रक्सनले उक्त सडक निर्माणको जिम्मा लिएको थियो भने पेटि ठेकेदार अर्घाखाँचीका बोम बहादुर भाट थिए।
गगनको परिवारलाई पाँच लाख दिएर घटना सामसुम पारिएको सुनाउदै स्वर्गिय गगनका हजुरबुबा केशव रायमाझीले भन्नु भयो, ‘हिजो छ्ल्दीकी ती बालिका र मेरो नातिको घटना एउटै हो। स्कुल समयमा डोजर चलाउन हुँदैन भनेर मेरो नातिको घटना अघि नै मैले भनेको थिएँ, टेरेनन् र मेरो नातिको ज्यान लिए। सकिदो रहेनछ यि ठेकेदारहरु संग।’ ठेकेदारले सबलाई किनेर घटना मिलाउने रायमाझीले आरोप लगाए।
आईतबार ७ बर्षिया बालिका विष्णुको छल्दिटार-गुर्बा-ठाडुङ्गा सडक निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सनको जेसिबी डोजरले पल्टाएको ढुङ्गाले टाउको किचेर ज्यान गएको थियो। श्रोतका अनुसार यस घटना १० लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति दिएर आईतबार साँझ बालिकाको शव परिवारको जिम्मा लगाईएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |