Awareness Campaign

मालिका लोकतारा विजेता बनिन् अर्जैकी संगिता विक



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी, फाल्गुण ३: गुल्मीको मालिका गाउँपालिकाले आयोजना गरेको मालिका लोक तारा-२०८१ को प्रतियोगितामा वडा नम्बर ६ अर्जैकी संगिता विक विजेता बनेकी छन्।

अर्जैको पोखराबारी स्थित अर्जै मावि कक्षा १२ मा अध्ययनरत संगिता १०० जना प्रतियोगीलाई पछाडी पार्दै विजेता बनेको प्रतियोगिताको सहजिकरण गरेको संस्था पत्रकारिता विकास केन्द्र गुल्मीका अध्यक्ष सुमन महतराले ओझेलका खबरलाई जानकारी दिए।

‘पहिलो राउण्डमा सय जना प्रतियोगी थिए।’ महतराले भने, ‘सेमिफाइनलमा आईपुग्दा १२ जना छनौट भएका थिए। फाईनल अडिसनमा आईपुग्दा संगिता लोक तारा विजेता भईन भने उनि पछि अन्य चारजना छनौट भएका छन।’

Forest
Forest
Ad.

उनले आज दिउँसो विजेता संगितालाई मालिका गाउँपालिकाले २५ हजार नगद पुरस्कार, प्रमाणपत्र र मालिका लोकतारा-२०८१ को उपाधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

यस प्रतियोगितामा निर्णायक मण्डलको संयोजक थिए वरिष्ठ लोक गायक बोम बहादुर कार्की र सदस्यहरु थिए अनिल खत्री र सुमन महतारा।

संगिताले कमल यात्री र भुरुङ्ग्को ‘पुर्कोटैमा चल्यो बतास’ बोलको नयाँ गीतमा अभिनय समेत गरेकी छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →