सांकेतिक तस्वीर
गुल्मी, २४ माघ: मदन भण्डारी राजमार्ग सडक अन्तर्गत गुल्मीको रिडी-बल्कोट सडकखण्ड केही समयका लागि बन्द हुने भएको छ।
उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-१, स्थित साँखरा भिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि करिब एक महिना उक्त सडक बन्दहुने भएकोे हो। मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सर्वसाधारणमा सार्वजनिक रूपमा सूचना जारी गरी यही माघ २५ गतेदेखि फागुन २० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिएका छन।
सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुन सक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि बैकल्पीक सडकको प्रयोग गरी उक्त सडक पुर्ण रूपमा बन्द गरिने भएको निमित्त योजना प्रमुख पौडेलले बताए।
सडक बन्द हुने भएपछि कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि श्रृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि सिजिको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि ठाडो खोलाहुँदै रिडीको सडक प्रयोग गर्न सुचित गरिएको छ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वयका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, शसस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य संघ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ। -नेपाल राज्य डटकम
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |