Clean Water Campaign

Awareness Campaign

‘एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्‍याउनुपर्छ’



रमेश विश्वकर्मा
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, माघ २४ गते: जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्‍याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ। गुल्मी जिल्लामा एचपिभी खोप अभियानलाई व्यवस्थितसंगै प्रभावकारी ढङ्गबाट सफल पार्नका लागि विद्यालयमा रहेका खोप केन्द्रहरुको स्थलगत अनुगमन क्रममा उहाँले यस्तो बताउनुभएको हो।

जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका प्रमुख खत्रीले चन्द्रकोट गाउँपालिकाको शान्तिपुरस्थित चक्रेश्वर इङ्लिस बोर्डिङ स्कुल र रुपाकोट स्थित शारदा माध्यमिक विद्यालय, छत्रकोट गाउँपालिका पल्लिकोटस्थित जनज्योति माध्यमिक विद्यालयमा रहेका खोप केन्द्रको अनुगमन गर्नुभयो।

सरकारले मङ्गलबारदेखि फागुन ६ गतेसम्मका लागि सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियानलाई सफल पार्न सरोकारवाला सबैको महत्त्वपूर्ण भूमिका देखिएको बताउनुभयो। यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप लगाइने भएको हुँदा सम्बन्धित सबैलाई सहभागी गराउन जरुरी रहेको उहाँले बताउनुभयो।

सिंचाई
Forest
Ad.

विद्यालयमा रहेका छात्राहरुले खोप पाउने पूर्ण सुनिश्चित रहेको भन्दै उहाँले विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोजेर यस अभियानमा जोड्नका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो। लक्षित समूहमा एचपिभी खोप अभियानलाई पुर्‍याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी खोप अभियान सफल बनाउन सबै पक्ष लाग्नुपर्ने उहाँको भनाइ छ। यस जिल्लामा कुल ११ हजार ४८८ जना किशोरीहरुलाई खोप लगाइने छ।

खोप अभियानलाई व्यवस्थित गरी खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ। गुल्मीमा एचपिभी खोप अभियानलाई व्यवस्थितसंगै प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय र सरोकारवाला सबैको उपस्थितिमा खोप केन्द्रहरुमा स्थलगत अनुगमन गरिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो