गुल्मी: देशैभर झैँ गुल्मीमा पनि आज देखि फागुन ५ गते सम्म कक्षा ६ देखि १० सम्मका किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप ११ हजार बढीलाई लगाईने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन पशुपति आचार्यले यस खोपको महत्व बारे प्रकाश पार्दै गुल्मी जिल्लाभर विद्यालय बाहिर रहेका ७६ जना सहित ११ हजार ४८८ जना छात्राहरूले खोप लगाउने जानकारी दिए।
महेन्द्र नमुना मावि, तम्घासमा कुल विद्यार्थी संख्याको ५५ देखि ६० प्रतिशत छात्रा रहेको र १७६ जना छात्राले खोप लिने प्रधानाध्यापक कृष्ण प्रसाद मरासिनीले बताए।
आज जिल्लाभर यस खोपको सदरमुकाम तम्घासको महेन्द्र नमुना माविको खोप केन्द्रबाट सुरु गरिएको छ। जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले त्यस खोप केन्द्रबाट जिल्लाभर खोपको शुभारम्भ गरेका थिए।
समारोहमा रेसुङ्गाका उपमेयर अमृतादेवी कुँवर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख थामेश्वर घिमिरे, रेसुङ्गा स्वास्थ्य शाखा प्रमुख पिताम्बर पन्थी लगायतका सरोकारवालाहरुको सहभागिता थियो।
जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्शन आचार्यका अनुसार जिल्लाभर ११ हजार किशोरी मध्ये रेसुङ्गा नगरपालिकाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक हजार ५०५ छात्रा र विद्यालय बाहिर रहेका १३ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ।
मुसिकोट नगरपालिकाका विद्यालयका एक हजार १५२ र विद्यालय बाहिर रहेका किशोरी ७४, कालीगण्डकी गाउँपालिकाका विद्यालयका ५४४, सत्यवती गाउँपालिकाका विद्यालयका ७६९, चन्द्रकोट गाउँपालिकाका विद्यालयका ६९० र विद्यालय बाहिर रहेका किशोरीहरू पाँच जनालाई एचपिभी खोप लगाइनेछ। जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार यस जिल्लाको रेसुङ्गा नगरपालिकाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक हजार ५०५ छात्रा र विद्यालय बाहिर रहेका १३ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ।
मुसिकोट नगरपालिकाका विद्यालयका एक हजार १५२ र विद्यालय बाहिर रहेका किशोरी ७४, कालीगण्डकी गाउँपालिकाका विद्यालयका ५४४, सत्यवती गाउँपालिकाका विद्यालयका ७६९, चन्द्रकोट गाउँपालिकाका विद्यालयका ६९० र विद्यालय बाहिर रहेका किशोरीहरू पाँच जनालाई एचपिभी खोप लगाइनेछ।
इस्मा गाउँपालिकाका विद्यालयका ९०२ र विद्यालय बाहिर रहेका किशोरीहरू ३५, मालिका गाउँपालिकाका विद्यालयका एक हजार ५५६, मदाने गाउँपालिकाका विद्यालयका ९८२ र विद्यालय बाहिर रहेका किशोरीहरू २५, धुर्कोट गाउँपालिकाका विद्यालयका ८७३ र विद्यालय बाहिर रहेका किशोरीहरू ४६, गुल्मीदरबार गाउँपालिकाका विद्यालयका ६४३ र विद्यालय बाहिर रहेका किशोरीहरू पाँच, छत्रकोट गाउँपालिकाका विद्यालयका ७५२ र विद्यालय बाहिर रहेका किशोरीहरू २६, रुरुक्षेत्र गाउँपालिकाका विद्यालयका ६७६ र विद्यालय बाहिर रहेका किशोरीहरू १५ जनालाई एचपिभी खोप लगाइने उहाँले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुनेछ। देशभरका १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने छ।
यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो। देशभरका करिब १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिइएको यस अभियानले एचपीभी खोपको कभरेज बढाउने र नेपालमा पाठेघरको मुखको क्यान्सरको भारलाई न्यूनीकरण गर्न उल्लेखनीय रहने मन्त्रालयले जनाएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |