Clean Water Campaign

Awareness Campaign

गुल्मी छत्रकोटमा भीषण आगलागी, थुप्रै वस्ती जोखिमको खतरा



ओझेलका खबर
७ महिना अगाडि


Awareness

Place for ads

 गुल्मी, माघ २१ । गुल्मीको छत्रकोट गाउँपालिका ५ को बडडाँडा आसपासको जंगलमा अहिले साँझ देखि भीषण आगलागी भएको छ। छत्रकोटको साविक ६ र ८ मा पर्ने जंगलमा साँझ करिब सवा सात बजेबाट आगो लागेको स्थानीयबासी विष्णु पन्थले जानकारी दिए । आगलागीबाट चौपारी टोल, भएरथान टोल, गुर्जिनेटा टोल, कोटटोल लगायतका बस्तीहरू उच्च जोखिमा पर्ने पन्थको भनाई छ ।

आगलागी भएको क्षेत्रमा सल्लाहरू अत्याधिक भएकाले अझै फैलिन सक्ने र वस्ती जोखिममा पर्ने त्रासले करिव डेढ सय जना स्थानीय र खज्र्याङ्र्ग प्रहरी चौकीबट प्रहरीको टोली पनि आई पुगे स्थानीयले बताएका छन । छत्रकोट गाउँपालिकालाई दम्कलको जोह गर्न स्थानीयले आग्रह गरे पछि

रेसुङ्गा नगरपालिकाबाट दमकल मगाईकोे र बाटामा े आउँदै गरेको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रहरी पुरीले बताए । आगो यति बेला झन पछि झन दन्किएको तर
कच्ची सडक देखि तल भएकोले सडक नजिक नआए सम्म आगलागी निभाउन नसकिने बताईएको छ । सडक माथी आगो फैलिए थुप्रै वस्ती जोखिमा पर्ने बताईएको छ । छत्रकोटमा रहेको
रेडियो श्रृंङ्गेश्वर माफर्त आगो नियन्त्रणमा जुट्नु गाउँवासीलाई अनुरोध गरिएको छ ।

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो