Smoking Causes Cancer

आठ वर्षसम्म पनि गुल्मीका तीन स्थानीय तह भाडाकै घरमा



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

गुल्मी: स्थानीय सरकार गठन भएको करिब आठ वर्ष पुग्न लाग्दा पनि गुल्मीका तीन स्थानीय तहले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । प्रशासनिक भवन नहुँदा उनीहरूले भाडामै रकम खर्चिने गरेका हुन्। जिल्लाको गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाले हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन्।

जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरिरहेको छ । गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको र एक वर्षभित्रमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ भाडा तिर्ने गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको उहाँको भनाइ छ । कालीगण्डकी गाउँपालिकाले दुई वटा भवन भाडामा लिएको छ ।

सिंचाई
Forest
Ad.

कालीगण्डकी गाउँपालिकाले मासिक ९० हजार रुपियाँ भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाको प्रशासकीय भवन निर्माणका लागि केही जग्गा अपुग भएको र बाँकी जग्गा किन्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो। -गोरखापत्र अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो