गुल्मी: समाजसेवी लिल बहादुर थापाले गुल्मीको एक विपन्न परिवारमा सहयोग गर्नुभएको छ। मुसिकोट नगरपालिका वडा नं २ की ३५ वर्षीय सावि नेपालीको परिवारमा समाजसेवी थापाले खाद्यान्न, स्टेशनरी र नगद १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो।
पाठेघर सम्बन्धी स्वास्थ्य समस्याका कारण लामो समयदेखि नेपाली थलिएकी छिन् । २ जना छोराछोरी छन् । थप उनको गर्भमा २ महिनाको बच्चा पनि रहेको छ । तर आर्थिक अभावका कारण उहाँको उपचारमा समस्या भएको छ भने अर्को तर्फ दैनिकी चलाउन समेत अफ्ठ्यारो स्थिति छ ।
उहाँको यो अवस्था बारे केही दिन अगाडी जिटिभि नेपालबाट भिडियो समाचार सामाग्री प्रशारण भएको थियो । उक्त भिडियो समाचार हेरेर बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका लागि अमेरीकामा कार्यरत समाजसेवी व्यक्तित्व लिल बहादुर थापा ज्यूले खाद्यान्न, स्टेशनरी सामाग्री र नगद रु. १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
उक्त सहयोग सामाग्री आईतबार नेपालीको घरमै पुगेर हस्तान्तरण गरिएको हो । जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले पीडितको घरमै पुगेर उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
सहयोग सामाग्री पाएपछि नेपालीले आफुले अहिलेसम्म यस्तो सहयोग कतैबाट पनि नपाएको भन्दै लिल बहादुर थापा आफ्ना लागि भगवान सावित भएको बताउनुभयो । उहाँले सहयोगी थापा प्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।
उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा वडासदस्य बेल कुमारी नेपाली लगायत स्थानीयको उपस्थिति रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |