Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मालिकामा एक जना महिला मृत फेला



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Awareness

Place for ads

– सन्तोष महतारा
गुल्मी: गुल्मीमा एक जना महिला मृत अवस्थामा फेला परेका छन्। जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ४ देउरालीमा रहेको मालिका पिस पार्कमा मालिका गाउँपालिका वडा नम्बर ८ की अन्दाजी ३५/४० वर्षीया गीता अर्याल मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार, शनिबार बिहान ९ बजेको समयमा मालिका पिस पार्क पश्चिम गेटमा एक महिला अचेत अवस्था रहेको खबर पछि प्रहरी टाेली घटनास्थलमा पुगेको थियो। उक्त अचेत अवस्थाकी महिलाको मृत्यु भएको र पहिचानको क्रममा उनी मालिका गाउँपालिका वडा नम्बर ८ डक्सुमारे माइती घर बस्दै आएको खुलेको हो।

उनी यसअघि गाउँघरमा अत्याधिक मादक पदार्थ सेवन गरेर हिड्ने गरेको बताइएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो