Clean Water Campaign

Awareness Campaign

गुल्मीमा छोराद्वारा बाबुको हत्या: जेठो छोराले घर जलाई दिए, कान्छोले ज्यानै लिए



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

 

– प्रेम सुनार
गुल्मी, पुस ८: मंगलबार बिहान गुल्मीको मरभुङ्ग कालिमाटी टोलमा मृत फेला परेका ६० बर्षीय लालबहादुर रोकाले पाल्लान भन्ने आश गर्दागर्दै दुवै छोराहरुले एक पछि अर्को ज्यादती गर्दै आएका छन । एक जना छोराले गत बर्ष घर नै जलाई दिएका थिए भने अर्का छोराले गएराती उनको ज्यानै लिएको खबर प्राप्त भएको छ । जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग निवासी रोका आज बिहान ढुङ्गाले शव पुरिएको अबस्थामा भेटिएका थिए।

उनलाई गएराती आफ्नै २८ बर्षीय कान्छो छोरा डाम्बरबहादुर रोकाले निर्घात कुटेर हत्या गरेको निज छोराले प्रहरी समक्ष स्वीकार गरेको मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले बताए । बुढा कराई रहे मैले घरबाट टिपेर तल फालिदिएँ , त्यस पछि पनि बुढा किचकिच गरिरहेर मैले केकेले हाने केकेले मारेर गाडेको हुँ , उसले त्यही भन्यो वडाध्यक्ष जिसीले भने । जिसीका अनुसार शव ढुङ्गाले गाडिएको छ, शवको खुट्टा मात्रै देखिन्छ ।   प्रहरीले निकालेर हेर्न बाँकी छ।

सिंचाई
Forest
Ad.

वडाध्यक्ष जिसीका अनुसार गत बर्ष माघ महिनामा मृतकका जेठा छोरा रामबहादुर रोकाले घरमा आगो लगाएर ध्वस्त पारेका थिए । उनि अहिले जिल्ला कारागारमा रहेका छन । घरमा मृतककी श्रीमति र उनै छोरा थिए । दुई छोरीको बिवाह भईसकेको र दुवै छोरा अविवाहित रहेको वडाध्यक्ष जिसीले बताए । निज छोरा डम्बरबहादुरलाई  नियन्त्रणमा लिईएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

 

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →