Clean Water Campaign

Awareness Campaign

रोमानियामा पहिलो पटक माओवादी केन्द्रको सङ्ग्ठन विस्तार



ओझेलका खबर
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी , माघ ८ । रोमनियामा नेकपा ( माओवादी केन्द्र ) निकट प्रवासि सङ्गठन विस्तार गरिएको छ । वैदेशिक रोजगारका लागि रोमनिया पुगेका पुर्व जनमुक्ति सेनामा रहेका नेपालीहरुको अगुवाईमा माओवादी केन्द्र निकट जनप्रगतिशिल मन्च ( एनपीपपीएफ) गठन र विस्तार गरिएको हो ।

जनप्रगतिशिल मन्च ( एनपीपपीएफ ) युरोप ब्युरो इन्चार्ज रणबहादुर खाती क्षेत्रीको प्रमुख आथित्यतामा जुम प्रविधी मार्फत आयोजित भेलाले टेकराज क्षेत्रीको अध्यक्षता रोमनियामा ३१ सदस्यीय ( संस्थापन ) कार्य समिति गठन भए सङ्गै त्यहाँ माओवादी केन्द्रमा आबद्ध हुन चाहने नेपालीहरुलाई ढोका खुलेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा नेत्र बहादुर बसेल, उपाध्यक्ष द्वयमा भरत सिन्जाली र नारायण रोकाया क्षेत्री, महासचिवमा रामचन्द्र पोखरेल (भावुक ) , सचिवद्वयमा दिपेन्द्र उपाध्याय र रामबहादुर पुन तथा कोषाध्यक्षमा धुर्व ज्ञवाली चयन भएका छन् ।

सिंचाई
Forest
Ad.

कार्यसमिति सदस्यहरुमा कमल तिलिजा पुन्, लक्ष्मण गुरुङ, राम बहादुर घिसिङ, रुबिना दर्नाल, पुष्प बस्नेत, रिजन शेर्पा, राजन काप्री, चन्द्र अधिकारी, यम गुरुङ, रेशम बराइ मगर, नबिन मोक्तान, गोबिन्द, दुर्गा भण्डारी र खड्ग बिक रहेका छ्न ।

नवनिर्वाचित पहिलो कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्दै रोमनियामा सङ्गठन विस्तार गर्न अहम् भुमिका खेल्दै आएका अगुवाहरुलाई नेकपा माओवादी केन्द्र , प्रवास समन्व्य केन्द्रिय समितिका कार्यालय सचिब टिबी पाठकले धन्यवाद दिए ।

नेता पाठकले बिशेष गरि एनपीपपीएफ युरोपका इन्चार्ज रणबहादुर खाती क्षेत्री , रोमानियाका कमल तिलिजा पुन, युरोपका महासचिव धर्मराज खतिवडा लगायतका अगुवाहरुलाई धन्यवाद दिदै सङ्गठन विस्तारलाई तिव्रताका अलवा प्रवासमा रहने आम नेपालीहरुको समस्या सामुहिक तौरमा हल गर्न र हकहितका पक्षमा जुट्न आग्रह गरेका छ्न । उनले रोमनियाको कार्य समिति दर्जका लागि आफुलाई हिजो मात्रै विवरण आएको बताए ।एनपीपपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीको अध्यक्षता र रोमनियाका कमल तिलिजाको संचालनमा भएको जुम भेलामा उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख गंगा भुषाल, महासचिव धर्मराज खतिवडा र एनपीपपीएफ बेलायतका महासचिव कृष्ण खनालको उपस्थिति थियो ।

            हिजो जनमुक्ती सेनाका कमाण्डर ,आज विदेशी भुमीका कामदार
रोमनियाका नवनिर्वाचित अध्यक्ष टंकराज क्षेत्री गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीका हुन ।  । महासचिव रामचन्द्र पोख्रेल ( भावुक ) पनि गुल्मीकै मुसिकोट नगरपालिका २ का हुन । कोषाध्यक्ष धुर्व ज्ञवाली पनि   गुल्मीकै रुरुक्षेत्र गाउँपालिका ५ , बम्घाका हुन   ।  संयोग  हिजो भोकतिर्खा र आफ्नो परिबार नभनी जनयुद्धमा सङ्गै लडेका यि तिन जना जनमुक्ति सेनाका पुर्व लडाकु अहिले विदेशी भुमि रोमनियामा भेट भएका छ्न र पुनः माओवादी पार्टी विस्तारमा खटिएका छ्न । त्यहाँ पुगेका अन्य जिल्लाका नेपालीहरुको संयोग र पार्टी प्रतिको मोह पनि उस्तै रहेको बताउछ्न ।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो