गुल्मी , माघ ७ । गुल्मीको रेसुंगा नगरपालिकाले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी तम्घासको रेसुंगा मावि तम्घासले चुम्न सफल भएको छ ।
यहि माघ ४ देखि चिदिचौर खेलमैदान तम्घासमा सञ्चालन भएको अन्तर विद्यालय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, १० रजत, ४ कास्य प्राप्त गर्दै रेसुंगा माविले छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
यस्तै ११ स्वर्ण, ५ रजत, ५ कास्य प्राप्त गर्दै सिद्धबाबा मावि खानीगाउँले तम्घास, दोश्रो पुरस्कारमा चित्त बुझाउनु परेको छ ।
८ स्वर्ण, ७ रजत, १३ कास्य प्राप्त गर्दै महेन्द्र मावि चिदिचौर तम्घासले तेश्रो स्थान प्राप्त गरेको छ । ३ स्वर्ण, २ रजत, ६ कास्य प्राप्त गर्दै ब्रिलियण्ट युनाइटेड एकेडेमी तम्घासले चौथो स्थान बनाउन सफल भएको छ ।
३ स्वर्ण, २ रजत, १ कास्य सहित लिटिलस्टार बोर्डिङ स्कुलले पाँचौं स्थान प्राप्त गरेको छ । रास्ट्रपति रनिङ्ग शिल्ड कपको रेसुङ्गा नगरपालिकाका मेयर खिलद्ध्वज पन्थीले उद्घाटन गरेका थिए ।
विजयी टिम र खेलाडीहरुलाई मेयर पन्थी , उपमेयर अमृता देवि कुवर , प्रमुख जिल्ला अधिकारि जनार्दन गौतम , चार वटै सुरक्षा निकायका प्रमुख अन्य कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता थियो ।
विभिन्न १७ वटा बिधामा भएको प्रतियोगितामा १७ वटा नगर भित्रका बिध्यालय सहभागी भएको त्यस नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनु भयो । उपाधि चुम्न सफल रेसुङ्गा माविले तम्घास बजार परिक्रममा गर्दै विजयी जुलुस मनाएका थिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










