Clean Water Campaign

Awareness Campaign

भुमि आयोग गुल्मीका नवनियुक्त अध्यक्ष कृष्ण सुनारद्वारा पदभार ग्रहण



प्रेम सुनार
७ महिना अगाडि


Awareness

Place for ads

माघ ६, गुल्मी: राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीको अध्यक्षमा नेपाल सरकारबाट केहि दिन अघि नियुक्ति पाउनु भएका कृष्ण सुनारले आज आईतवार देखि पदभार ग्रहण गरेका छन। उनले जिल्ला समन्वय समितिमा एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन।

पदभार ग्रहण गर्दै अध्यक्ष सुनारले गुल्मी जिल्लामा भएका भूमिसम्बन्धी समस्या,भूमिहिन दलित,अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधानका लागि आयोगले काम गर्ने उद्घोष गरे।

वडा, पालिका र सबैको सहयोग र सल्लाहमा आयोगले काम गर्ने भन्दै भूमि सम्बन्धि समस्या समाधानका लागि इमान्दारीका साथ काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन‌। उप्त कार्यमा सबैले सहयोग गर्न उनले सबै पक्षलाई आग्रह समेत गरेका छन।

सिंचाई
Forest
Ad.

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बधाई ज्ञापन गर्दै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान हुने गरी काम गर्न सुझाउँदै यसका लागि नेपाली काँग्रेसले भरपूर सहयोग गर्ने उल्लेख गरे।

नेकपा एमालेका अध्यक्ष बालसिंह काउछाले पनि भूमि सम्बन्धि समस्याहरु हल गर्ने गरी काम गर्न आग्रह गर्दै वास्तविक सुकुम्बासीको पहिचान गरेर समाधान गर्नतर्फ बिशेष ध्यान पुर्याउन आग्रह गरेका छन।

हालै मात्रै सरकारले देशका विभिन्न जिल्लामा भूमि आयोग गठन गरेको छ। यहि पुस २९ गते नियुक्तिसँगै काठमाण्डौंमा सुनारले शपथ ग्रहण गरेका थिए। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको शपथ गराएका थिए।

वर्षौ देखि विशेषत: काङ्ग्रेस, सत्तामा पुग्ने दलका कार्यकर्ताले सुकुम्बासी समस्या समाधानका नाममा आलोपालो नियुक्ति पाए पनि उनिहरुको नियुक्ति जागिरमा मात्र सिमित छ। सुकुम्बासी समस्या भने ज्युकात्यु छ।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →