Smoking Causes Cancer

गुल्मीको मालिकामा बन्यो जिल्लामै सबैभन्दा लामो झोलुङ्गे पुल



सुमन महतारा
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिकामा वडा नम्बर ५ छापहिले लाकुरि देखि वडा नम्बर २ चुत्राबाेट जाेड्ने गरि जिल्लामै सबैभन्दा लामो झलुङ्गे पुल निर्माण भएको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार जिल्लाकाे मालिका गाउँपालिका बनेकाे पुलकाे लम्बाई ३ सय पचहत्तर मिटर रहेको जानकारी दिएका छन्।

उनका अनुसारझो लुङ्गे पुल दुई कराेड ३ लाख चालीस हजार लागतमा निर्माण भएको हाे। झोलुङ्गे पुलकाे उद्घाटन लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले गरेका हुन। मन्त्री कार्कीले याे झलुङ्गाे पुलले यहाँको आन्तरिक पर्यटनमा टेवा पुग्ने अपेक्षा राखेको बताए।

दुई वडामा आउने जाने लगाएतका कार्यका लागि यस पुलले महत्त्वपूर्ण भुमिका निर्वाह उनले बताए । उद्घाटन कार्यक्रममा बाेल्द योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डिलाराम अर्यालले मालिकाकाे विकासको निमित्त सबैले हातेमालो गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष देविराम अर्यालले मालिकाकाे विकासका निमित्त सबैले सहयोग गरेकै कारणले केही हुदै छ भन्ने कुराकाे आवास दिलाएको आबास भएको व्याक्त गरे।

सिंचाई
Forest
Ad.

छिमेकी गाउँपालिका धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेख्रेलले मालिका भन्दा बाहिरका जनप्रतिनिधिलाई यहाँ लिएर विकासको आवश्यकता महसुस गराउँन सके मात्र यहाँको विकासमा चाैतर्फि सहयोग रहने बताए। याे पुलकाे निर्माण निलगिरी निर्माण सेवा प्रालिले गरेको थियो। -लाइभ गुल्मी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो