गुल्मी , माघ – ५ । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँपालिका स्तरीय अधिवेशन केहिबेर पछि शुरु भएको छ । अधिवेशनको सो पार्टीका केन्द्रिय अध्यक्ष पम्फा भुसालले उद्घाटन गरेकी छ्न ।
गाउँपालिकाको केन्द्र बर्वोटमा आयोजित अधिवेशनको पुर्व सन्ध्यामा कालापोखरा खेल मैदान बाट सुरु भएको र्यालि बर्वोट स्थित सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
प्रमुख अतिथि भुसालका अलावा अधिवेशनमा बिशेषका रुपमा केन्द्रिय सदस्य वीरबहादुर कार्की , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी , लुम्बिनी प्रदेश सचिबालय सदस्यहरु बुद्धि जिसि, भुपाल पोख्रेल लगायत प्रदेश सदस्य र जिल्ला नेताहरु सहभागी हुने कार्यक्रम रहेको जिल्ला समन्वय समिति सदस्य राजन पोख्रेलले जानकारी दिए ।
अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने छ । अहिले सम्म अध्यक्षका दाबेदार निवर्तमान हुन गईरहेका चेतमान कुवर , कोश बहादुर थापा , राजन पोख्रेल र राजु बिक देखिएको प्रतिनिधिहरु बताउँछन ।
जिल्लाका १२ वटा पालिका मध्ये यस धुर्कोटमा दुई दुई पटक माओवादी केन्द्रका नेता भुपाल पोख्रेलले जितेको पालिका हो ।
उनको नेतृत्वमा भएको बिकास नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोख्रेलले समेत यहाँ आउँदा प्रदेश मै उत्कृष्ट भनेर तारिफ गरेका थिए ।
त्यस्तै मालिका गाउँपालिकामा माओवादी केन्द्र कै नेता देविराम अर्याल , रुरुक्षेत्रमा सोहि पार्टीका नेता यदु ज्ञवालि अध्यक्ष छ्न । संयोग नेपाल सरकारको एक निकायले गरेको न्युनतम कार्य सम्पादन मुल्यांकनमा गुल्मीमा माओवादी केन्द्रका नेताहरूले नेतृत्व गरेका सबै पालिकाहरु यसपालि पनि उत्कृष्ट बन्न पुगेका छ्न ।
त्यसो त , मदाने गाउँपालिकामा काङ्ग्रेसका पाका नेता महेन्द्र बहादुर कुवर अध्यक्ष रहेका छ्न । त्यस पालिका पनि उत्कृष्ट हुन सफल भएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |