Awareness

Musikot Mahotsav

गुल्मी प्रहरीमा उजुरी बढे, आत्महत्या र प्राकृतिक विपदका घटना बढी



प्रेम सुनार
७ मिनेट अगाडि


Place for ads

पुष २९, गुल्मी: गुल्मीमा पहिलो स्थानीय तहको निर्वाचन पछि पालिकाको न्याविक समितिमा हरेक प्रकारका उजुरी धमाधम आउन थाले पछि प्रहरी प्रशासनमा उजुरीको सङ्ख्या ह्वात्तै घटेको थियो तर पछिल्लो तीन बर्षको अन्तरालमा भने क्रमिक रुपमा बढेको पाईएको छ

Snow
Forest
Ad.

आज जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो तीन बर्षको सार्वजनिक गरेको तथ्यांकअनुसार प्रति वर्ष मुद्दा संख्या बढेको छ।

पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले सार्वजनिक गरेको तथ्यांकमा आर्थिक बर्ष ०७७/०७८ मा कुल मुद्दा संख्या २ सय २२ थियो। आर्थिक बर्ष ०७८/०७९ मा २३५ पुगेको छ भने आर्थिक बर्ष २०८०/०८१ को आज पुस मसान्त सम्म २ सय ३७ थान पुगेको छ।

कुल उजुरी मध्ये आत्महत्याको संख्या बढि छ। त्यस्तै प्राकृतिक विपदको घटना पनि बढ्दो देखिन्छ। यस आर्थिक वर्षको पुस मसान्तसम्म विपदका कुल १३१ घटनामा ६ जना मानिसको मृत्यु भएको छ। १५ जना घाइते भएका छन। ४२ चौपाया अङ्ग्भङ्ग भएका छन। ३२ घर र २५ वटा गोठ क्षति भएका छन। कुल ९९ लाख ७ हजार बराबरको क्षति भएको छ।

प्रहरीको दुर्घटना तथा अपराध न्युनिकरण लगायतका जनचेतनामुलक कार्यक्रम केहि हद सम्म सफल भएको देखिन्छ।

विगतका बर्षहरुको तुलनामा सवारी दुर्घटना कम छ। ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा एक-एक थान मात्रै परेको छ। अभद्र व्यवहार विरुद्धको मुद्दा ६ वटा परेका छन। जबर्जस्ती करणी १० र त्यस सम्बन्धी उद्योगको मुद्दा एक हुन। ३ बर्ष अघिको तुलनामा कम हो।

Awareness by SKF

बहुविवाहको मुद्दा शुन्यमा झरेको छ। प्रहरीले गाँजा र मदिरा नष्ट जैसिथोकमा दुई र अन्य सहित तीन स्थानमा गरेको छ।

आत्महत्याको तीन बर्षे ग्राफ हेर्ने हो भने स्थिति भयावह देखिन्छ।

गुल्मी जिल्लामा आत्महत्या र प्राकृतिक विपदका घटना न्यूनीकरणका लागि अझ केहि प्रयासहरु गर्नुपर्ने देखिन्छ। चोरी, गुण्डागर्दी, अन्य अपराधका घटनाका दोषी समात्न गुल्मी प्रहरी छिट्टै सफल भएको देखिन्छ। केहि महिना अघि मात्र गुल्मीको इस्मा गाउँपालिका-४, हुला गाउँमा एक महिलाको श्रीमान घरमै भएको बेला विभत्स हत्या भएको थियो। त्यस हत्याकाण्डमा संलग्नलाई २४ घण्टा भित्रै यहाँको प्रहरी समात्न सफल भएको थियो।

प्रत्रकार भेटघाट कार्यक्रममा प्रहरी प्रमुख भुजेलको प्रस्तुति रहेको थियो भने प्रहरी निरीक्षक भुपेन्द्र थापाको सहजीकरण रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →