Clean Water Campaign

Awareness Campaign

नेकपा एमाले गुल्मीको वडा अधिवेशन समेत अन्तिम चरणमा



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

गुल्मी पुस २८ । गत असोज ३ गते देखि मङ्सिर २२ गते सम्म गुल्मीका १२ वटै पालिकाका नगर र गाउँ कमिटी स्तरीय अधिवेशन सकाएको नेकपा एमाले गुल्मीले जिल्लाका ९३ वटा वडा मध्ये ९२ वटा वडा अधिवेशन समेत सम्पन्न गरेको छ ।

आज आइतबार ९२ औँ वडाका रुपमा मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा वडा अधिवेशन सम्पन्न गरेको र अब १ मात्र वडा छत्रकोट गाउँपालिका १ मा सम्पन्न गर्न बाँकी रहेको नेकपा एमाले जिल्ला पार्टी कार्यालय सचिब गणेश श्रेष्ठले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

सो पार्टीका जिल्ला कमिटी सचिब धर्म विश्वकर्माका अनुसार बाह्रवटा पालिका र हाल सम्म सम्पन्न वडा अधिवेशन को नेतृत्व सर्वसम्म रुपमा सम्पन्न भएका छन् ।

कार्यालय सचिव श्रेष्ठले दिएको विवरण अनुसार गुल्मीका दुई नगरपालिका र दश गाउँपालिकामा निम्न अनुसारको नेतृत्व चयन भएको छ ।

कालिगण्डकी गाउँपालिका
अध्यक्ष ः केहरसिंह थापा
उपाध्यक्ष ः थानेश्वर पाण्डे
सचिव ः ओम बहादुर बुढा
सह–सचिवद्वय ः लक्ष्मी नारायण ढकाल र यमुना राना

त्यहाँ ३३ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

Awareness by SKF

रेसुङ्गा नगरपालिका
अध्यक्ष ः राजेन्द्र प्रसाद पाण्डे
उपाध्यक्ष ः देविराम खनाल
सचिव ः देविराम पाण्डे
सह–सचिवद्वय ः टोप बहादुर थापा र मिठु बोहोरा सहित ५४ सदस्यीय नगर कमिटी गठन भएको छ ।

मदाने गाउँपालिका
अध्यक्ष ः प्रेम के.सी.
उपाध्यक्ष ः इश्वर जि.सी.
सचिव ः लोकरी कुवँर
सह–सचिवद्वय ः गुमान सिंह चन्द र सुशिला पन्थी सहित ४१ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

धुर्कोट गाउँपालिका ः
अध्यक्ष ः लोक बहादुर के.सी.
उपाध्यक्ष ः चुरा बहादुर थापा
सचिव ः अर्जुन भण्डारी
सह–सचिवद्वय ः तुल बहादुर काउछा र कमला बि.क. सहित ५१ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

गुल्मी दरबार गाउँपालिका
अध्यक्ष ः राम बहादुर पल्ली
उपाध्यक्ष ः मेघनाथ अर्याल
सचिव ः मेख बहादुर गाहा
सह–सचिवद्वय ः देविराम अर्याल र नर्मदा फुजेल सहित २३ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

रुरुक्षेत्र गाउँपालिका
अध्यक्ष ः फर्सुराम ज्ञवाली
उपाध्यक्ष ः तिलकराज ज्ञवाली
सचिव ः नारायण क्षेत्री
सह–सचिवद्वय ः बुद्धीमती लामीछाने र चिरञ्जीवी ज्ञवाली सहित ४६ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

इस्मा गाउँपालिका
अध्यक्ष ः कलानिधी भण्डारी
उपाध्यक्ष ः राम बहादुर विष्ट
सचिव ः नारायण कुँवर
सह–सचिवद्वय ः हिरा जि.सी. र कल्पना अधिकारी सहित ४१ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

मुसिकोट   नगरपालिका
अध्यक्ष ः प्रकाश काफ्ले
उपाध्यक्ष ः होम बहादुर थापा
सचिव ः रामकृष्ण कंडेल
सह–सचिवद्वय ः भागिरथ खरेल र सावित्रा विष्ट सहित ७१ सदस्यीय नगर कमिटी गठन भएको छ ।

सत्यवती गाउँपालिका ः
अध्यक्ष ः युवराज न्यौपाने
उपाध्यक्ष ः डिल्लीराज भट्टराई
सचिव ः रुक बहादुर राना
सह–सचिवद्वय ः खडुग राना र रिता रम्तेल सहित ३८ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

चन्द्रकोट गाउँपालिका
अध्यक्ष ः टंक बहादुर क्षेत्री
उपाध्यक्ष ः टंकनाथ अर्याल
सचिव ः कृष्ण बहादुर थापा
सह–सचिवद्वय ः राधिका थापा र रविलाल गैह्रे सहित ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

छत्रकोट गाउँपालिका
अध्यक्ष ः पिताम्बर अर्याल
उपाध्यक्ष ः यमलाल भण्डारी
सचिव ः यज्ञ पाण्डे
सह–सचिवद्वय ः सावित्रा ज्ञवाली र गणेश ज्ञवाली सहित ५८ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

मालिका गाउँपालिका
अध्यक्ष ः शोभाखर गिरी
उपाध्यक्ष ः वेद प्रसाद पन्थी
सचिव ः पदम श्रीस
सह–सचिवद्वय ः सुनौला के.सी. र राजकुमार वि.क सहित ४२ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

अधिवेशन सम्पन्न गर्न केन्द्रिय सदस्यहरु दिनेश पन्थी , जङ्ग नेपाली र गणेश खनाल तथा जिल्ला नेताहरु खटिएका थिए । रेसुङ्गा नगरकमिटिको अधिवेशन गराउन भने उपमहासचिव प्रदिपकुमार ज्ञवालि  र सचिब गोकर्ण बिष्ट आएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो