पौष २३, गुल्मी: गुल्मीको मालिका गाउँपालिका-६, अर्जै पोखराबारीमा रहेको अर्जै माध्यमिक विद्यालयको झण्डै ७० वर्षको इतिहासमा एक जना महिलाले पहिलो पटक महिला प्रधानाध्यापक भएर इतिहास रचेकी छन।
त्यस विद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी सम्झना विष्टले प्रधानाध्यापक भएर इतिहास रचेकी हुन्।
छापाहिले माईती घर भई अर्जै राम्चे निवासी विष्ट २०६६ सालमा निमावि राहत दरबन्दीमा नियुक्ति पाएकी थिईन। सोही तहमा २०७२ साल पौष सम्म अर्जै मावि मै रहेकी विष्ट २०७२ माघमा मावि तह शिक्षकमा बढुवा भएपछि उनी सोहि महिनादेखि सोहि बर्षको चैत्र सम्म पृथ्वी मावि पुर्कोटदहमा पढाएकी थिईन।
२०७२ साल बैशाखमा माविमा आएकी विष्ट २०७३ साल सम्म सोही विद्यालयको निमित्त प्रधानाध्यापक भएकी थिईन। २०७९ साल असार १५ गते अर्जै माविको प्रधानाध्यापकमा नियुक्ती पाएकी विष्टले यहि पुस २२ र २३ गते सम्पन्न त्यस विद्यालयको ७९ औँ वार्षिकोत्सवमा पहिलो महिला प्रधानाध्यापकको हैसियतले वार्षिक प्रतिवेदन पेश गरिन।
कक्षा ६ देखि एसएलसी पास गर्ने बेलासम्म अर्जै मावि मै पढेकी बिष्टले रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासबाट कक्षा १२ उत्तिर्ण गरेकी थिइन्। काठमाडौ ताहचल क्याम्पसबाट एमएड सम्मको अध्ययन गरेकी उनि त्यस पालिका , अर्जैबासि , त्यहाँका शिक्षक अभिभावक र बिध्यार्थिले दिएको माया र हौसलाले नै आफु प्रधानध्यापक सम्मको जिम्मेवारीमा पुग्न सफल भएको बताउछिन । बार्षिकोत्सवमा उनको बार्षिक प्रतिवेदनको प्रस्तुति बाट कार्यक्रममा सहभागी महिलाहरु निकै गर्वित देखिन्थे।
गुल्मीको अर्जै माध्यमिक बिध्यालयमा ३४ बर्ष भन्दा वढि अबधि सम्म पढाएका शिक्षक शिवलाल भंट्टराईले गत बर्ष अवकाश लिएकोले उनलाई हालै त्यस बिध्यालयले सम्मान गरेको छ
यहि पुस २२ र २३ गते सम्पन्न त्यस बिध्यालयको ७९ औ बार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो ।
उनलाई कदर पत्र सहित कार्यक्रममाका प्रमुख अतिथि मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल , वडा नम्बर ६ का वडा अध्यक्ष दिपक भण्डारी , वडा नम्बर ५ का वडाध्यक्ष तथा त्यस पालिकाका सामाजिक विकास समिति संयोजक रेखा कुमार जिसि, वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष शोभाखर गिरि , बिध्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर केसी , प्रधानध्यापक कल्पना बिष्ट लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।२०६७ साल असार १४ गते देखि २०७० भदौ ३० गते सम्म अर्जै माविको प्रधानध्यापक समेत रहेका भट्टराईले आफु बिध्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदा निकै राम्रो काम गरेको भन्दै गाउँपालिका अध्यक्ष अर्यालले धन्यवाद दिदै अर्जैबासीले कहिल्यै भुल्नै नसक्ने गरि भट्टराईले योगदान पुराएको बताएका थिए ।
विभिन्न बिध्यालय गरि ३७ बर्ष ११ महिना ३ दिन शिक्षण पेशा गरेर २०८० माघ ३ गते अवकाश लिएका थिए । २०४२ साल फागुन १ गतेका दिन देखि शिक्षण पेशामा लागेका भट्टराई भन्छ्न सुरुको तलव महिनाको ७ सय थियो पेन्सन निस्किदा मासिक ४५ हजार तलव खाने शिक्षक भए ।
निमावि प्रथम श्रेणी तहमा अवकाश पाएका भट्टराईको घर अर्जै नै हो ।
देविस्थान मावि घमिरमा २ बर्ष , भगवती मावि वाग्लामा एक अर्ष पढाएका भट्टराईले ६० बर्ष उमेर हदम्यादका कारण ३४ बर्ष ७ महिना अर्जै माविमा पढाएर अवकाश लिएका हुन ।
गुल्मीको मालिका गाउँपालिका – ६ स्थित अर्जै माविको ६९ औ बार्षिकोत्सव समारोह आज सम्पन्न भएको छ ।
हिजो देखि विभिन्न कार्यक्रमका साथ सुरु गरिएको बार्षिकोत्सव बिशेष समारोहको मालिका गाउँपालिका अध्यक्ष तथा त्यस विद्यालयका पुर्व अध्यक्ष देविराम अर्यालले उद्घाटन गरेका थिए ।
पहिलो दिन बिध्यार्थिहरु बिच विभिन्न प्रतियोगिता गराईएको थियो ।
अन्तर सदनात्मक तहगत कक्षा ९ – १२ तर्फ छात्रा बिचको प्रतियोगितामा कन्चन जङ्ग सदन सदन प्रथम भएको थियो , छात्र तर्फ सगरमाथा सदन प्रथम भएको थियो ।
।त्यस्तै कक्षा ६ – ८ तर्फ छात्र छात्रा दुबैमा कन्चनजङ्ग सदन नै प्रथम भएको छ ।
छात्र छात्र तहगत सर्टपुट कक्षा ६ – ८ त तर्फ खुल्लामा अशोक बिक, छात्रामा सुदिक्षा अर्याल प्रथम भएका छ्न । कक्षा ९- १२ तर्फ अर्जुन सुनार प्रथम र छात्रामा मनिषा बिक प्रथम भएकी छ्न
हाजिर जबाफ प्रतियोगिता कन्चनजङ्ग सदनले नै प्रथम पुरस्कार हाता पार्न सफल भएको छ । उनिहरुलाई समारोहमा पुरस्कार वितरण गरिएको थियो । त्यस अबसरमा विभिन्न कक्षामा उत्कृष्ट अन्क लिएर पास हुने बिध्यार्थिहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
।त्यस्तै बिध्यालयका चन्दादाता, अक्षयकोष स्थापनाकर्ता र विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावहरुलाई सम्नान गरिएको थियो ।
यस पालिको बार्षिकोत्सव झण्डै ७० बर्षको इतिहासमा विगतको भन्दा अलग थियो । २०१३ सालमा स्थापना भएको अर्जै माविको ७९ औ बार्षिकोत्सव समारोहमा आई पुग्दा पहिलो महिला प्रधानध्यापक सम्ज्गना बिष्टले बार्षिक प्रतिवेदन शानदार ढङ्ग्ले पेश गरिन ।
कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले अर्जै माविले पहिलो पटक महिला प्रधानध्यापक पाउदा आफु हर्षित भएको भन्दै समारोहलाई सम्बोधन गरेका थिए ।
समारोहलाई विभिन्न राजनैतिक दलका नेता , वडा नम्बर ६ का वडा अध्यक्ष दिपक भण्डारी , वडा नम्बर ५ का वडाध्यक्ष तथा त्यस पालिकाका सामाजिक विकास समिति संयोजक रेखा कुमार जिसि, वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष शोभाखर गिरि लगायतले पनि मन्तव्य राखेका थिए ।
बिध्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक चुरामणि रेग्मिको स्वागत मन्तव्य र अर्का शिक्षक बुद्धिराम अर्यालको संचालन रहेको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |