Clean Water Campaign

Awareness Campaign

गुल्मीकी एक युवती रुपन्देहीमा मृत फेला



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

गुल्मी, पुस २२ । गुल्मीकी एक युवती रुपन्देहीको तिलोत्तममा नगरपालिकास्थित आफै बस्दै आएको कोठामा आज विहान मृत फेला परेकी छन । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना तिलोत्तममा नगरपालिका – २ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत फेला परेकी हुन् ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय  पण्डितका अनुसार त्यस खाजा घरमा काम गर्दै आएकी २० बर्षीय बिमला आफु बस्ने कोठामा झुण्डिएको अबस्था मा मृत फेला परेकी हुन । उक्त सुचना प्राप्त हुन साथ त्यस कार्यालयबाट प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।

डिएसपी पण्डितले गुल्मी स्थित उनको घरबाट आफन्तहरु झिकाईएको र अनुसन्धान भईरहेको जानकारी दिए ।  घटना स्थलमा रहेका पत्रकार यामलाल भुसालका अनुसार उनि गत १४ महिना देखि त्यस नेवारी खाजा घरमा काम गर्दै आएकी थिईन । सोही खाजा घरको कोठामा उनि बस्ने गर्दथिन ।

सिंचाई
Forest
Ad.

उनले राती साढे ११ बजे देखि १२ बजेको समय अवधीमा फेशबुकमा बाबु आमा सम्झेर स्टाटस लेखेको उनलाई चिन्नेहरुले बताएको पत्रकार भुसालले बताए । मालिका गाउँपालिका ८ का वडाध्यक्ष सुर्यबहादुर जिसीले उक्त खबर पाउन साथ मृतकका बाबु थम्मनबहादुर कुमाल र उनकी श्रीमतिलाई रुपन्देही पठाईएको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो