गुल्मी, पुस २१ । नेपाल सरकारले गुल्मीका युवा नेता तथा जिल्लाका पुराना खेलाडी हिमाल श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त गरेको छ । पुस ९ गतेको मन्त्री परिषद निर्णयले श्रेष्ठलाई परिषदको बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
उनि सहित बोर्डमा नियुक्त भएकाहरुलाई पुस १९ गते पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो भने आज पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । गुल्मी जिल्लाबाट राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा सम्भवतः श्रेष्ठ नियुक्ती हुने पहिलो ब्यक्ती भएको बताईन्छ ।
नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशको संयोजक समेत रहेका श्रेष्ठको घर रुरुक्षेत्र गाउँपालिका १ रिडी हो । उनी गत स्थानीय तह निर्वाचनमा रुरुक्षेत्र गाउँपालिकाको नेकपा एमालेबाट अध्यक्ष पदमा झिनो मतले उपविजेत बनेका थिए ।
त्यसै गरी लुम्बिनी प्रदेश बाटै परिषदको उपाध्यक्ष पदमा धुर्ब आचार्य नियुक्त भएका छन । उनि मदन भण्डारी स्र्पोटर्स एकडेमीका केन्द्रिय अध्यक्ष समेत हुन । प्रधानमन्त्री संरक्षक रहने परिषदको अध्यक्ष युवा तथा खेलकुद मन्त्री रहने प्रवधान छ । आफु सहित ९ जना ।
मन्त्री परिषदले नियुक्त गर्ने ११ जना हुन्छन । बोर्डमा टंकलाल घिसिङ्ग सदस्य सचिव रहेका छन । ११ जना मध्ये सदस्य सचिव र एक जना बोर्ड सदस्यको म्याद अझै बाँकी रहेकोले हाललाई आफु सहित ९ जनाले नियुक्ती पाएको नवनियुक्त बोर्ड सदस्य श्रेष्ठले बताए । त्यसो त नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरी विभिन्न सघ संस्थाका प्रतिनिधीहरु पदेन सदस्य हुने गर्दछन ।
परिषद सदस्य र पदाधिकारीको चार बर्षे कार्यकाल हुन्छ । परिषद सदस्यको ओहदा नेपाल सरकारको सहसचिव सरह हुने गर्दछ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |